सामाजिक कुप्रथा बिरुद्धको ‘अग्निदहन’को छायाकंन चितवनमा

14642488_1461715987176894_7474125209672401329_n-1

बिशाल सापकोटा, चितवन, ३ कार्तिक । सामाजिक कुप्रथा बोक्सा–बोक्सीको विषयमा आधारित चलचित्र ‘अग्निदहन’को चितवनमा छायांकन गरिएको छ ।

गत असोज ३० गते  काठमाडौंमा निर्माणको घोषणा गरिएको ‘अग्निदहन’को युनिट छायाकंनका लागी चितवन आईपुगेका बेला पत्रकार सम्मेलन गरी चलचित्र निर्माणको उद्देश्यका वारेमा जानकारी गराएको हो ।

“मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान काठमाडौं”ले चलचित्रको निर्माण थालेको हो ।

14650636_1461748727173620_7067406072584543016_n

अन्धबिश्वास र रुढीबादी परम्पराका कारण मानिसहरु झारफुक र बोक्सी भगाउन माताको शरणमा कसरी जान्छन भन्ने दृश्य चित्रसारीस्थित थारु होमस्टेमा छायांकन गरिएको निर्देशक घनश्याम लामिछानेले बताउनुभयो ।

गत वर्ष ‘धौली’ मार्फत निर्देशनमा हात हालेका पोखरेली फिल्मकर्मी लामिछानेले बोक्सा–बोक्सी प्रथामा बन्न लागेको चलचित्र पहिलो हुने भन्दै आफूले सक्दो न्याय दिने प्रण गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष एवंम सामाजिक कुप्रथा बिरुद्धको अभियानका अभियान्ता कोविदशरण उपाध्यायले फिल्मले कमाएको नाफा बोक्सीविरुद्धको अभियानमा खर्चिने बताउनुभएको छ ।

14724433_1461748650506961_5028687063433236025_n

चलचित्र बोक्सी कुप्रथा अन्त्यको महाभियानकै रुपमा हुने भएकाले आवश्यक सहयोगका लागि सरकारको तर्फबाट सहयोगको अपेक्षा गरेको अध्यक्ष उपाध्यायले बताउनुभयो ।

उहाँले अहिले दाताहरुबाट सहयोग जुटाई चलचित्रको निर्माण थालिएको बताउनुभयो । चलचित्रको संरक्षकमा भूबनेश्वर शर्मा पौडेल र मोहनराज पौडेल रहनुभएको छ ।

पत्रकार तथा लेखक लोकमणि पौडेलले बोक्सी प्रथा विरुद्ध लेखेको उपन्यासको कथाबस्तुलाई अग्निदहन नाम दिएर चलचित्र बनाईएको हो ।

चलचित्रको छायाङकन दीर्घ गुरुङ गरिरहनुभएको र विवि अनुरागीले संगित भर्ने काम गर्नुभएको छ ।

14731322_1461748797173613_5417611316874909190_n

चलचित्रमा अनुपमा भण्डारी,प्रमिला तुलाचन,प्रकाश घिमिरे,माओत्से गुरुङ, तुलासा जिसी, लक्ष्मण ढुंगाना, नविन घायल, दुर्गा न्यौपाने, ओमराज पौडेल,कृष्ण बहादुर कुँवर, माधबशरण पौडेल, शरला कुमारी पाण्डे र अर्जुन न्यौपाने लगायतको अभिनय हुनेछ ।

आगामी माघमा देश तथा बिदेशका सिनेमाघरमा प्रदर्शन मा ल्याउने तयारीका साथ चलचित्रको पोखरा, चितवन र हेटौडामा छायाङकन हुने निर्माण संस्थाका अध्यक्ष कोविदशरण उपाध्यायले जानकारी दिनुभयो ।