यौन धन्दा गरिरहेका ११ जोडि युवायुवती बुटवलका होटलबाट पक्राउ

बुटवल कार्तिक २ । बुटवल प्रहरीले बुटवलका होटलमा यौन धन्दा गरिरहेका ११ जोडि युवायुवतीलाइ पक्राउ गरेको छ

नियमित चेकजाच गर्ने शिलशिलामा ३ घण्टाको अबधिमा २२ जनालाइ पक्राउ गरेको छ ।jodi

इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले बुटवल बजार भित्र तथा आसपासका ईलाकामा संचालित २७ वटा होटल तथा लज चेकजाच गर्दा होटल लब्लीबाट २ जना,कोसेलीबाट २ जना, गुल्मी सागरबाट ४ जना, चन्द्र सुर्यबाट २ जना र होटल द ताराबाट १२ जना गरी २२ जनालाइ पक्राउ पछि अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक मुकुन्द मरासिनीले बताए ।