आज दिउँसो २:३० बजेबाट विकाश रनिङमा एपिएफ र पोखरा भिड्दै

चितवन, कार्तिक २ । चितवनमा १७ वर्षपछि सोमबारदेखि सुरु भएका टुवोर्ग विकास रनिङ शिल्ड अन्तराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा आज एक खेल हुँदैछ ।
आज दिउँसो २:३० बजेबाट हुने खेलमा विभागिय टोली शसस्त्र प्रहरीको एपिएफ क्लव काठमाण्डौं र साहारा क्लव पोखराबीच प्रतिस्पर्धा हुने प्रचार–प्रसार समितिका संयोजक सिद्धार्थलाल चुकेले जानकारी दिनुभयो । नारायणगढस्थित क्याम्पा चौरमा सुरु भएको प्रतियोगिताको सोमबार शिक्षा मन्त्री धनीराम पौडेलले उद्घाटन गर्नुभएको थियो ।14671183_1465863876776002_7780305004291223892_n
प्रतियोगिताको उद्घाटन खेलमा सोमबार चितवन ११ ले हिमालयन युथ क्लव कैलालीलाई टाईब्रेकरमा ४–३ गोल अन्तरले पराजित गरेको थियो । १२ औं सँस्करण अन्तरगत सुरु भएको प्रतियोगिता १४ गतेसम्म चल्ने छ ।
प्रतियोगिताको विजेताले रनिङ शिल्ड, मेडल तथा नगद ३ लाख रुपैयाँ र उप–विजेताले ट्रफी मेडलसहित नगद एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने विकाश शिल्ड समितिका अध्यक्ष श्यामकुमार पियाले जानकारी दिनुभयो । चितवनको फुटबलमा यो सर्वाधिक धनराशी हो ।
प्रतियोगितामा ‘ए’ डिभिजनका मनाङ मस्याङदी क्लव काठमाण्डौं, हिमालयन शेर्पा क्लव, संकटा क्लव, विभागि टिमहरु नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी क्लव, एपिएफ क्लव, सिक्कम–११ भारत, एपेक्स फुटबल क्लव कालिमपोङ भारत, युनाईटेड खर्साङ फुटबल क्लव भारत, युनाईटेड क्लव सिवान भारत, झापा ११, हिमालयन युथ क्लव कैलाली, मोरङ फुटबल क्लव, साहारा क्लव पोखरा र चितवन–११ को सहभागिता रहने छ ।