नागरिक उडड्नको अनुमति विना चितवनमा अवैध ड्रोन उडाईयो

नारायणगढ, ०२ कात्र्तिक । चितवनमा सुरु भएको विकास रनिङ शिल्ड २०७३ अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको अवैध रुपमा ड्रोन प्रयोग गरिएको छ । नेपाल सरकारले देशको सुरक्षा मामला ड्रोन प्रयोग असुरक्षित भएपछि रोक लागाई रहेको अवस्थामा चितवनमा विना अनुमति शिक्षा मन्त्री धनिराम पौडेल र चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह, प्रहरी प्रमुख वसन्त बहादुर कुवँरकै अगडाी ड्रोन प्रयोग गरि चुनौती दिईएको छ । timthumb
खासगरी बैशाख १२ को विनाशकारी भूकम्पछि ड्रोन चलाउनेको संख्या उल्लेख्य मात्रामा बृद्धि भएपछि सरकारले गत कार्त्ितकमा ड्रोन प्रयोग सम्बन्धी निर्दे्शिका जारी गरेको थियो । निर्देशिका बमोजिम जोकोहीले ड्रोन प्रयोग गर्न चाहेका नागरिक उडड्न प्राधिकरणसगँ अनुमित लिने प्रावधान छ । तर चितवन खुल्ले आम ड्रोन खेल प्रयोजनका लागि भए पनि अनुमति लिनै पर्छ । तर सोमबार क्याम्पा चौरमा ड्रोन प्रयोग गरिरहदाँ ड्रोन प्रयोगकर्ताले अनुमति लिएर कुनै पत्र देखाउन सकेनन् । अखिर किन राज्यले नै बरखिलाप गरेको काम यस्तो अवैध हर्कत किन ? यो प्रश्न उठेको छ । चितवन सुरक्षाको दृष्टिकोण उच्च जोखिम छ । कारण चितवन राष्ट्रिय निकुञ्ज भएकाले पनि यहाँ नागरिक उडड्न र स्थानिय प्रशासन दुवै अनुमिति लिन पर्ने भएपनि चितवनको खेलमा मात्रा प्रयोग गर्न भनिए पनि विभिन्न ठाउमा समेत प्रयोग भएको स्रोतले जानकारी दिएको छ । यस विषयमा चितवनका प्रमुख जिल्ला अधिकारी विनो प्रकाश सिंहले उनीहरुले स्थानिय प्रशासनसगँ मात्रै अनु्मति मागेको बताए ।