गत वर्षको भन्दा यो दसैँमा दुर्घटना घट्यो

चितवन, ०२ कात्र्तिक । ठुला ठुला सावारी दुर्घटनाका परिचित बनेको चितवनमा दशैको समयमा दुर्घटनाका घटनामा कमि आएको छ । गत वर्षको दसैँमा चितवनमा नौ वटा सवारी साधन दुर्घटनामा परि छ जना मानिसले ज्यान गुमाएका थिए भने १२ जना घाइते भएकोमा यस ७ वटा मात्रै सवारी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख वसन्त कुवँरले जानकारी दिए ।road-accident

यो वर्षको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म चितवनमा सात वटा सवारी साधन दुर्घटनामा परी चार जना मानिसको ज्यान गएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजन भेटवालले दसैँको अवधिमा भएको सवारी साधनको दुर्घटनामा परि घाइते हुनेको संख्या २५ जना रहेको जानकारी दिएका छन् । गत वर्षको दसैँमा भन्दा यो दसैँमा सवारी साधन दुर्घटना पनि न्यून र ज्यान गुमाउनेको संख्या पनि न्यून रहेको भेटवालले बताए ।
प्रहरीले दसैँको सयमा सञ्चालन गरेको विशेष सुरक्षा योजना, नियमित चेकजाँच, मापसे चेकजाँचका कारण यस वर्षको दसैँमा सवारी साधन दुर्घटना घटेको ट्राफिक प्रहरीले जनाएको छ ।
त्यस्तै दसैँको अवधिमा सिट क्षमता भन्दा बढी यात्रु चढाउने ३४ वटा सवारी साधनलाई कारबाही, बढी भाडा असुल्ने ५४ वटा सवारी साधनलाई कारबाही, मापसे गरेर सवारी साधन चलाउने ८१ जना चालकलाई कारबाही गरिएको समेत ट्राफिक प्रहरीले जनाएको छ ।

प्रहरीको शुभकामना आदानप्रदान
जिल्ला प्रहरी कार्यालय चितवन तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सोमवार संयुक्त शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेका छन् ।
नेपालीहरुको महान् चाड पर्वको अवसरमा कार्यक्रमको आयोजना गरिएको हो । सोही अवसरमा जिल्ला प्रहरी कार्यालय चितवन तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन तराईका जिल्लाहरु मध्ये उत्कृष्ट भएको खुसीयाली पनि साटासाट गरिएको छ । सो अवसरमा बोल्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्त बहादुर कुँवरले प्रहरी जनताको सुरक्षाको लागि सदैव तयार रहेको बताए ।
प्रहरीले गरेका विभिन्न कार्यहरुमा नागरिकहरुको पनि साथ र सहयोगको आवश्यकता रहेकोमा कुँवरले जोड दिए । नागरिकको सुरक्षाको लागि प्रहरीको हट लाइन नं. १०० सदैव खुला रहेको जानकारी गराउँदै शान्तिपुर्ण समाज निर्माणमा सबैको सहकार्यको आवश्यकता रहेको कुँवरको भनाइ छ ।
यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक राजन भेटवालले ट्राफिक नियमको पालना गरी दुर्घटना मुक्त समाज बनाउन सबैमा आग्रह गरे । ट्राफिक नियमको पालना गरी सवारी चलाउन भेटवालले सबैलाई आग्रह गरेका छन् ।