दारेचोकमा बोलेरो पिकअप भ्यान दुर्घटना, १७ जना घाईते

बिशाल सापकोटा,

चितवन, २ कार्तिक । चितवनको दारेचोक गाबिसमा बोलेरो पिकअप भ्यान दुर्घटना हुँदा १७ जना घाईते भएका छन ।

दारेचोकको ईच्छाकामनाबाट फिस्लिङतर्फ आउँदै गरेको ग २ च ३८१५ नम्बरको बोलेरो पिकअप गएराति साढे ९ बजे दारेचोक–२ चयबुनमा २० मिटर तल खोल्सोमा खसेको हो ।

दुर्घटनामा परि घाईते भएका मध्य ४ जनाको अवस्था गम्भिर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाईते सबैको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भईरहेको छ । दुर्घटनामा परेको गाडी कुखुरा ओसार पसार गर्ने प्रयोजन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।