चितवन ११ को विजयी सुरुवात

शिव आचार्य / दिपक पौडेल
चितवन, १ कात्तिक ।   १६ वर्षपछि फेरि चितवनको नारायणगढ क्याम्पाचौरमा आजदेखि टुबोर्ग विकास रनिङ सिल्ड फुटबल नकआउट प्रतियोगिताको पहिलो खेलमा चितवन ११ विजयी भएको छ । ९० मिनेटको खेलमा बराबरी १÷१ गोल गरेपछि टाईब्रेकरको आधारमा भएको खेलमा ३ गोल गरेको हिमालयन थुथ क्लब कैलालीका विरुद्ध ४ गोल गर्दै चितवन ११ विजयी सुरुवात गरेको छ ।  यस्तै खेलमा चितवन ११ का गोलकिपर मनोज गुरुङ्ग म्यान अफ द म्याच हुदै नगद दश हजार रुपैया पुरस्कार पनि पाए । chitwan-11

क्याम्पाचौर मैदानमा तीन हजार दर्शक अट्ने अस्थायी प्याराफिट निर्माण गरिएको छ । प्रतियोगितामा भारतको सिवाङ, सिक्किम, कालिम्पोङ, र खर्साङ टोली सहभागी छन् । नेपालबाट थ्रिस्टार क्लब काठमाडौँ, सङ्कटा क्लब काठमाडौँ, मनाङ मस्र्याङ्दी क्लब, विभागीय नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बल सहभागी छन् ।14639851_1274370632575264_3903959400257643906_n

त्यस्तै मोरङ फुटबल क्लब, झापा–११, हिमालयन स्पोर्टस क्लब, सहारा क्लब पोखरा, सुदूरपश्चिम, हिमालयन शेर्पा क्लब र चितवन ११ सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगिताका विजेताले तीन लाख नगद र रनिङ सिल्ड पाउनेछन् । त्यस्तै उपविजेताले एक लाख ५० हजार र प्रत्येक दिनको ‘म्यान अफ द म्याच’ हुने खेलाडीलाई १०÷१० हजार नगद पुरस्कार दिइने चुकेले बताए । 14671183_1465863876776002_7780305004291223892_n
त्यस्तै ‘फेयर प्ले अवार्ड’का रुपमा ट्रफीसहित २५ हजार नगद प्रदान गरिनेछ । ‘म्यान अफ टुर्नामेन्ट’का रुपमा नगद २५ हजार र सर्वा्धिक गोलकर्तालाई १५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

14689231_1264357023596094_336125005_oहरेक दिनको खेलमा पाँच हजार दर्शक भित्रने अपेक्षा आयोजकको छ । क्वार्टर फाइनल अघिका खेलमा एकसय र दुई सय रुपैयाँ प्रवेश शुल्क राखिएको छ भने क्वार्टर फाइनलमा एक सय ५० र दुई सय ५० रुपैयाँ एवम् फाइनलमा दुई सय र तीन सय रुपैयाँ राखिएको छ । खेल सम्पन्न गर्न ६७ लाख रुपैयाँभन्दा बढी खर्च हुने आयोजकको अनुमान छ ।
प्रतियोगिता १६ वर्षपछि हुन लागेको हो । युवा पुस्ताको सक्रियतामा पुनः खेल सुरु हुन लागेको हो ।