कृषि कार्यालयको नयाँ प्रमुखमा सुधिर चितवन आए (भिडियोसहित)

सरस्वती कुमारी शर्मा
चितवन, ०१ कात्र्तिक । जिल्ला कृषि कार्यालय चितवनमा बरिष्ठ कृषि विकास अधिकृतमा सुधिर श्रेष्ठ आएका छन् ।
हालका बरिष्ठ कृषि विकास अधिकृत सोमनाथ घिमिरेले दुई बर्ष कार्यकाल पुरा भई सरुवा भएपछि श्रेष्ठ कार्यालयका प्रमुखका रुपमा चितवन आएका हुन् । कफि विकास कार्यालय कृत्र्तिपुरबाट सुरुवा श्रेष्ठ चितवन आएका हुन् भने घिमिरे काठमाडौं सुरुवा भएका हुन् । 14787680_1357514514282572_1923402573_o 14689185_1357514450949245_1991782705_o
यस्तै चितवनकै कृषि प्रसार अधिकृत रामचन्द्र गौतमको पनि धादिङ्ग जिल्लामा सरुवा भएको छ । भने उनको ठाउमा पूर्ण प्रसाद गौडेल र बेद प्रसाद रेग्मी चितवनमा आएको कार्यालयकी सूचना अधिकृत कमला न्यौपानेले जानकारी दिईन् ।

 

यसैविच जिल्ला कृषि विकास कार्यालय चितवनले कार्यालयमा आएका नयाँ कार्यालय प्रमुखलाई स्वागत, सरुवा भई गएका प्रमुख र अनिर्वाय अवकाश पाएका बालि संरक्षण अधिकृत कमलनाथ बाग्लेलाई सम्मानसहित विदाई गरेको छ । कार्यालय परिसरमा एक कार्यक्रमका विच उनीहरुलाई स्वागत, विदाई तथा सम्मान गरिएको हो ।

अनिर्वाय अवकाश पाएका बालि संरक्षण अधिकृत कमलनाथ बाग्लेले कृषि क्षेत्रमा ३७ बर्षकाम गरेपछि अवकाश पाएका हुन् । यस्तै कार्यालयमा बालि संरक्षण अधिकृतमा श्रीकृष्ण न्यौपाने र प्राविधिक साहयकमा आएका विष्णु सुवेदीलाई स्वागत गरिएको थियो । कार्यक्रममा निर्वतमान कार्यलय प्रमुख सोमनाथ घिमिरेले बोल्दै २ बर्ष कार्यकाल आफुहरु चितवनलाई कृषि जोनका रुपमा विकास गराउने अभियान नै सबैभन्दा उत्कृष्ट कार्य भएको दावी गरे । यस्तै नव आगन्तु कार्यालय प्रमुख सुधिर श्रेष्ठले चितवनलाई कृषि दृष्टिकोण थप  अब्बल जिल्लाको रुपमा विकास गर्ने प्रतिवद्धता जनाए ।