१६ वर्षपछि क्याम्पाचौरमा टुबोर्ग विकास रनिङ सिल्ड फुटबल प्रतियोगिता सुरु (तस्वीरसहित)

शिव आचार्य / दिपक पौडेल
चितवन, १ कात्तिक । १६ वर्षपछि फेरि चितवनको नारायणगढ क्याम्पाचौरमा आजदेखि टुबोर्ग विकास रनिङ सिल्ड फुटबल नकआउट प्रतियोगिता सुरु भएको छ ।14618852_1264357060262757_1189990082_o
१२औँ संस्करणको प्रतियोगिताको एक भव्य समारोहका विच शिक्षा मन्त्री धनिराम पौडेलले उद्धघाटन गरेका थिए । सो अवसरमा बोल्दै मानिसलाई व्यवहारिक र अनुशासित बनाउने खेलकुद विकास लागि शिक्षा मन्त्रालय गतिशिल रुपमा अगाडी बढेको बताए । उनले खेलमा पनि फुटबल खेल पछि परिरहेको अवस्थामा मोफसलमा नै यसरी फुटब्ल प्रतियोगिता हुनु राष्ट्रकै लागि गौरव भएको बताए । उनले १६ बर्ष यसरी फेरि खेललाई निरन्तरता दिएकोमा प्रश.सा पनि गरे । 14671304_1465863820109341_7677353698145182187_n
यो प्रतियोगितामा भारतका चारसहित १५ वटा टोलीले स्पर्धा गर्नेछन् ।
कात्तिक १४ गतेसम्म हुने प्रतियोगिताको सबै तयारी पूरा भई सबै टिम समेत आईसकेको आयोजक विकास सिल्ड समितिका प्रचारप्रसार संयोजक सिद्धार्थलाल चुकेले जानकारी दिए ।14689840_1264357013596095_1052230832_o
क्याम्पाचौर मैदानमा तीन हजार दर्शक अट्ने अस्थायी प्याराफिट निर्माण गरिएको छ । प्रतियोगितामा भारतको सिवाङ, सिक्किम, कालिम्पोङ, र खर्साङ टोली सहभागी छन् । नेपालबाट थ्रिस्टार क्लब काठमाडौँ, सङ्कटा क्लब काठमाडौँ, मनाङ मस्र्याङ्दी क्लब, विभागीय नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बल सहभागी छन् ।14656332_1465863780109345_1191251542380686308_n

त्यस्तै मोरङ फुटबल क्लब, झापा–११, हिमालयन स्पोर्टस क्लब, सहारा क्लब पोखरा, सुदूरपश्चिम, हिमालयन शेर्पा क्लब र चितवन ११ सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगिताका विजेताले तीन लाख नगद र रनिङ सिल्ड पाउनेछन् । त्यस्तै उपविजेताले एक लाख ५० हजार र प्रत्येक दिनको ‘म्यान अफ द म्याच’ हुने खेलाडीलाई १०÷१० हजार नगद पुरस्कार दिइने चुकेले बताए । 14671183_1465863876776002_7780305004291223892_n
त्यस्तै ‘फेयर प्ले अवार्ड’का रुपमा ट्रफीसहित २५ हजार नगद प्रदान गरिनेछ । ‘म्यान अफ टुर्नामेन्ट’का रुपमा नगद २५ हजार र सर्वा्धिक गोलकर्तालाई १५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

14689231_1264357023596094_336125005_o हरेक दिनको खेलमा पाँच हजार दर्शक भित्रने अपेक्षा आयोजकको छ । क्वार्टर फाइनल अघिका खेलमा एकसय र दुई सय रुपैयाँ प्रवेश शुल्क राखिएको छ भने क्वार्टर फाइनलमा एक सय ५० र दुई सय ५० रुपैयाँ एवम् फाइनलमा दुई सय र तीन सय रुपैयाँ राखिएको छ । खेल सम्पन्न गर्न ६७ लाख रुपैयाँभन्दा बढी खर्च हुने आयोजकको अनुमान छ ।
प्रतियोगिता १६ वर्षपछि हुन लागेको हो । युवा पुस्ताको सक्रियतामा पुनः खेल सुरु हुन लागेको हो ।

.