मेडिकल सिटीका सबै स्वास्थ्य केन्द्रमा डाक्टर, कुन डाक्टर कहां (पुरै नामावली हेरौं )

 

चितवन, २९ असोज । मेडिकल सिटी चितवनको जिल्ला सदरमुकाम भरतपुरमा डाक्टरसगं नै जचाउन आउनु पर्ने बाध्यता हट्ने भएको छ । सरकारले देशभरका प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर खटाएकोसगै ग्रामिण क्षेत्रका स्थानियहरुमा सदरमुकाम आउन नपर्ने भएको हो । भने गाउमा नै उनीहरुले डाक्टरसगँ उपचार गर्न समेत पाउने भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पदवहाली गरेकै दिन डाक्टर नपुगेका  चितवनसहित देशभरका प्राथमिक स्वास्थ्य केन्द्रमा तीन महिना भित्र डाक्टर पुरयाउन निर्देशन दिएका थिए । सोही निर्देशन अनुसार मन्त्रालयले विवरण संकलन गरी रिक्त स्थानमा डाक्टर खटाएको हो ।
प्रधानमन्त्रीको निर्देशनपछि मन्त्रालयले दरवन्दी रहेका, रिक्त स्थान, डाक्टर भएका, नभएका गरी एक साता भित्र विवरण संकलन गरेको थियो । उक्त क्रममा १६ जिल्लाका २५ वटा प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नभएको विवरण आएको थियो । सो लगत्तै मन्त्रालयले डाक्टर नपुगेका केन्द्रमा तुरुन्तै डाक्टर पठाएको हो ।

मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार देशभरका २०४ वटा प्राथमिक स्वास्थ्य केन्द्रमा अहिले ३ सय २९ डाक्टर खटिएका छन् । चितवनका सबै स्वास्थ्य केन्द्रमा खटिने डाक्टरहरुको नाम समेत आईसकेको हेरौ ति नामावाली ।untitled

.