सौराहामा अन्तरिक पर्यटकको भीड

चितवन, २९ असोज । । गएको एक वर्षदेखि सुस्ताएको चितवनको पर्यटन क्षेत्रमा खुसीयाली छाएको छ ।  वन्द हड्ताल, बाटो जाम लगायतको कारणले सुस्ताएको सौराहा सहितको पर्यटकीय क्षेत्रहरूमा अहिले आन्तरिक पर्यटकको घुइचो लागेको छ । दशैंमा हुने लामो विदाको अवसरमा परिवार सहित नयाँ स्थान हेर्न र घुम्नको लागि जाने भएकाले पर्यटकीय क्षेत्रमा स्वदेशी पर्यटकको भीड लागेको व्यवसायीहरूले बताएका छन् । 11081355_873977025999788_7383831171973980697_n
लामोसमयदेखि सुस्ताएको पर्यटन व्यवसाय अहिलेको विदाको समयमा वृद्धि भएको छ चितवन पर्यटन विकास समितिका अध्यक्ष दिलिप मैनालीले भन्नुभयो । गएको वर्षको दशंै विदामा भन्दा अहिले आन्तरिक पर्यटकको सख्या वढेको छ उहाँले भन्नुभयो जिल्लाका धेरै जसो होटलहरूमा अहिले पर्यटकहरूको भीड छ ।
उहाँका अनुसार गएको वर्ष भन्दा अहलिे ३० प्रतिशत पर्यटकको सख्या वृद्धि भएको हो । चितवनको भरतपुर, मेघौली, सौराहा, जगतपुरका होटलहरूमा पनि आन्तरिक पर्यटकको सख्या ह्वात्तै वढेको छ ।
नेपाली, युरोपियन, भारतीय पर्यटकको सख्या अहिले वृद्धि भएको छ । तर गएको वर्ष देखिएका चिनिया पर्यटक भने अहिले ज्यादै न्यून रहेको छ । यस समयमा गएको वर्ष धेरै सख्यामा चिनिया पर्यटक आउने गरेको भएपनि यस वर्ष भने चितवन नआएको मैनालीले बताउनुभयो । नेपालीहरूमा भरतपुर, सौराहाका होटलहरूमा वस्ने लुम्विनी जाने, वेलुका चितवनमा नै वास वस्ने, त्यस्तै गरी गैडाकोटको मौला कालिका मन्दिर, हेटौडाका पर्यटकीय स्थानहरूपनि हेर्न जाने गरी आउने पर्यटकको सख्या भेटिएको उहाले जानकारी दिनु भयो ।
त्यस्तै गरी चितवनको धेरै पर्यटकको आकर्षणको केन्द्र सौराहामा पनि आन्तरिक पर्यटकको सख्या अहिले वृद्धि भएको क्षेत्रीय होटल संघ सौराहाका उपाध्यक्ष सुमन घिमिरेले जानकारी दिनु भयो । दशै विदाको समय पारेर सौराहा आउने पर्यटकको सख्या वृद्धि भएको छ घिमिरेले भन्नुभयो यस्तो भीड थोरै समयको लागि हुने गर्दछ । तर पनि आन्तरिक पर्यटको सख्या वृद्धिले गर्दा सौराहाका होटल व्यवसायीहरू उत्साहित भएका छन् ।
सानादेखि ठूलो लगानी गरेको होटलहरूमा अहिले आन्तरिक पर्यटको सख्या वृद्धि भएको संघले जानकारी दिएको छ । सौराहा आउने पर्यटकहरू चितवन राष्टिय निकुञ्ज घुम्ने, हात्ती चढ्ने र फर्कनेहरूको सख्या धेरै भएको घिमिरेले बताउनु भयो ।
विदाको समय सकिए लगतै आन्तरिक पर्यटको सख्या घट्ने छ । मुग्लिनको बाटोले गर्दा अन्य समयमा नआएका पर्यटकहरू पारिवारिक भेटघाटको लागि चितवन आउदा सौराहा वसेर जाउ भन्नेहरूको सख्या वढेपछि यहाँ आउनेको सख्या वृद्धि भएको उहाले बताउनु भयो । अव पर्यटक को सिजन सुरु हुने भएकाले सुधारको संकेतका रुपमा व्यवसायीहरूले लिएका छन् ।