आयो चितवनमा पोखराको हाउजिङ कम्पनी

विप्लव काफ्ले
चितवन, असोज २९ ।  चितवनमा शनिबारदेखि नयाँ हाउजिङ कम्पनी सञ्चालनमा आएको छ । ए.एस रियल स्टेट एण्ड हाउजिङ कम्पनीले आफ्नो शाखा भरतपुर मालपोत चोकमा सञ्चालनमा ल्याएको हो । msप्रभु हाउजिङ प्रालीका अध्यक्ष तेजबहादुर कार्की ‘केशव’ले शाखाको उद्घाटन गरेका हुन् । पोखरामा करिव १५ वर्ष सम्म घरजग्गाको कारोबार गर्दै आइरहेको थियो । कम्पनीका रुपमा ०७१ सालदेखि सेवा सुरु गरेको ए.एस रियल स्टेटले पोखराको चाउथे, लेखनाथ, न्यूरोड लगायतका क्षेत्रमा घरजग्गाको कारोबार गर्दै आइरहेको छ ।ms-1
ए. एस रियल स्टेट एण्ड हाउजिङ कम्पनीका अध्यक्ष हरिहर सापकोटाले व्यवस्थित शहर निर्माण गर्न चितवनमा घरजग्गाको व्यवसाय विस्तार गरिएको बताए । सानो तथा ठुलो पूँजी हुने सबैलाई लक्षित गरि हाउजिङ योजनाहरु अघि बढाइएको बताए । चितवनमा तोरीखेत, मंगलपुर, फुलबारी, पटीहानी, चोकबजार, टाँडी लगायतका क्षेत्रमा जग्गा प्लानिङ गर्न लागिएको उनले जानकारि दिए । ms-3प्रभु हाउजिङका अध्यक्ष तेजबहादुर कार्की ‘केशव’ ले चितवनलाई व्यवस्थित शहरका रुपमा विकास गर्न अस्वस्थ प्रतिस्पर्धा हटाइनुपर्ने बताए । उनले रियल स्टेट कम्पनीहरुबीचको सहकार्यले दीर्घकालिन रुपमा व्यवस्थित शहर विकास गर्न सकिने बताए । ए.एस रियल स्टेट एण्ड हाउजिङ कम्पनीका चितवन शाखा सञ्चालक बसन्त सापकोटाले चितवनमा घरजग्गाको कारोबारको अध्ययन गरेरै व्यवसाय विस्तार गरिएको बताए । व्यवसायी नरेन्द्र सिग्देलले व्यवस्थीत शहर बनाउन हाउजिङ कम्पनीहरुले सघाउने बताए । ए.एस रियल स्टेटले वातावरणमैत्री घर निर्माण गरि सस्तो मूल्यमा ग्राहकलाई उपलब्ध गराउने लक्ष्य लिएको छ । चितवनमा एक दर्जन बढी हाउजिङ कम्पनीहरु सञ्चालनमा छन् ।