मानव अधिकार शान्ति समाज नवलपरासीको ९ अौ अधिवेशन

रबिन्द्र यादव
नवलपरासी, असोज २९। मानव अधिकार शान्ति समाज नवलपरासीको १६ अौ जिल्ला परिषद तथा ९ अौ जिल्ला अधिवेशन गैडाकोट मा उद्घाटन सत्र सकिएको छ अाजको अधिवेशनले १५ सदस्यीय नया नेतृत्व छनौट गरिने बुझिएको छ ।

उद्घाटन कार्यक्रम मानव अधिकार शान्ति समाज नवलपरासीका सभापति कुलदिप प्रसाद अाचार्य को अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस संसदीय दलका सदस्य बिक्रम खनाल रहनु भएको थियो ।14658268_657523777739416_1710974379_n

प्रमुख अतिथि खनालले लोकतन्त्रलाई मजबुत बनाउन मानव अधिकारको क्षेत्रलाई बलियो बनाउनु पर्ने बताउनु हुँदै मानव अधिकार बलियो भए मात्र राजनिती बलियो हुनेमा जोड दिनु भयो । विकासको मुहान फुकाउन मानव अधिकारको भुमिका महत्त्वपूर्ण हुने, मानव अधिकार विपरित हुने क्रियाकलाप लाई न्युनिकरण गर्न मानव अधिकारकर्मीको महत्वपुर्ण भुमिका हुने बताउनु भएको थियो ।

गैडाकोट मा भएको मानव अधिकार शान्ति समाजको ९ अौ अधिवेशन उद्घटन सत्रमा समाजका केन्द्रीय सभापति गंगाधर अधिकारी, माअोवादी केन्द्रका केन्द्रीय सदस्य धन प्रसाद सापकोटा, केन्द्रीय सदस्य श्याम सुन्दर पराजुली, राजेन्द्र पौडेल, समाजका चितवन सभापति काशीराम गिरी, मानव अधिकार शान्ति समाज नवलपरासीको उप सभापति माधव प्रसाद गौतम, नेपाल पत्रकार महासंघ नवलपरासीका सचिव पुरुसोत्तम सुवेदी, विजय विकास स्रोत केन्द्रका अध्यक्ष खेमराज सापकोटा, उद्योग वाणिज्य संघ गैडाकोट का सचिव छविलाल काफ्ले लगायतले अधिवेशन सफलताको शुभकामना दिनु भएको थियो ।

स्रोतले दिएको जानकारी अनुसार नया नेतृत्व छनौट सर्व सहमतिमा हुने बुझिएको छ । अहिले समाजको उद्घाटन सत्र सकिएर बन्द सत्र सुरु भएको अधिवेशनमा सहभागी एक जनाले बताएका छन ।

.