राज गर्दै ‘किस्मत २’

काठमाडौं, २९ असोज । दशैंको फुलपातीको अघिल्लो दिन एकसाथ प्रदर्शनमा आएको ‘किस्मत२’ र ‘सुब्बा साब्’ दुई फिल्म मध्ये ‘किस्मत २’ ले ‘सुब्बा साब्’ लाई उछिनेको छ ।
दर्शकको रोजाईमा सुब्बा साब्भँदा किस्मत २ परेको हलहरूमा लागेको भीडले नै देखाएको छ । चलचित्र ‘छक्का पञ्जा’ले एकलौटी राजगर्दै आएको हलमा अब किस्मत २ ले स्थान बनाएको छ ।kismat2-1024x576
त्यसो त भदौको पहिलो सातादेखि नै नेपाली चलचित्रले बक्र रेखाजस्तो आरोह अवरोहको वाटो हिडेको बताइन्छ । भदौको पहिलो साता एकसाथ प्रदर्शनमा आएको ‘चपली हाइट२’ र ‘वीर विक्रम’ दुवैले गतिलो आम्दानी गर्न नसके पनि लगानी सुरक्षित गरेको बताइएको छ ।
त्यसपछि एकपछि अर्को फिल्म रिलिज भए पनि कुनैले लगानी उठाउन सकेनन् । यस्तैमा भदौ २४ मा रिलिज भएको ‘छक्का पञ्जा’ले सफलताको शिखर नै चुमेको छ । ‘छक्का पञ्जा’ हेर्न दर्शको महासागरै उर्लिएको बेला भदौ ३१ म एकसाथ दुई चलचित्र प्रदर्शनमा आए । यी दुई मध्ये ‘गाँठो’बाट केही अपेक्षा गरिएको भए पनि कमजोर कथाबस्तुका कारण दुवै सूचिमा दर्ता भए ।
त्यसपछि आसोज ७ बाट प्रदर्शन आएको ‘झुम्की’ ले पनि केही असर छोड्न सकेन र यसलाई हावा खुवाउदै ‘छक्का पञ्जा’ चौथो हप्तामा प्रवेश ग¥यो । असोज १४ मा एकसाथ प्रदर्शनमा आएका ‘सफर’ र ‘सत्यदीप’ले पनि वक्सअफिसमा हावा खाए ।
यस्तो बेलामा आएको ‘किस्मत२’ले राम्रो व्यपार गरिरहेको वितरकहरूले बताएका छन् । संगै प्रदर्शनमा आएको ‘सुब्बा साब्’ धरमराउन थालिसकेको छ भने ‘किस्मत२’ मा दर्शकहरू आइरिएका छन् ।
छविराज प्रोडक्शनको ब्यानरमा निर्माण भएको ‘किस्मत२’ मा शिल्पा पोखरेल, प्रिथ्वीराज प्रसाईं, किशोर खतिवडा लगायतको मुख्य भूमिका रहेको छ । यो चलचित्रको ऋषी लामिछानेले निर्देशन गरेका हुन । ‘किस्मत२’ को सफलतापछि छविराज ‘हिफाजत’ को निर्माणमा जुटेको बताइन्छ । दशैं लगत्तै फ्लोरमा जाने तयारीमा रहेको ‘हिफाजत२’ मा शिल्पा पोखरेलको लगानी र अभिनय दुवै रहने वताइएको छ ।