हिन्दु राष्ट्रका विषयमा जनमत संग्रह उपयुक्त : महामन्त्री कोईराला

राजेन्द्र आचार्य
चितवन, २९ असोज । नेपाली काग्रेसका महामन्त्री शशाक. कोईरालाले हिन्दु राष्ट्रका विषयमा जनमत संग्रहबाट जानु नै उपयुक्त बाटो भएको बताएका छन् । “धर्म भनेको निरपेक्षय, सापेक्षय, शुन्य हुदैन् उनले भने । यो त स्वतन्त्र हुन्छ । यस कारण जनमतबाट जानु नै उपयुक्त हुनेछ । ”
नेपाल प्रेस युनियन चितवन शाखाले यहां आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री कोईरालाले हिन्दु राष्ट्रका सम्बन्धमा आफुलाई विवाद हुने कुरा नबोल्न नेताहरुले दवाव दिएको समेत बताए । साथै उनले आफु हिन्दुहरु नै धेरै भएको क्षेत्रबाट अत्याधीक मतले विजयी भएको समेत बताए ।
अहिले संविधान कार्यान्वयनको वेला भएको भन्दै उनले यो विषय चुनाव पछि टुङ्गो लाग्ने दावी पनि गरे ।
“मेरै गोरुको बह्रै ठक्का” भन्नु भन्दा पनि राष्ट्रको सफलताको प्रतिकका लागि तीन दलहरु मिल्नुको विकल्प समेत नभएको उनको जिकिर छ ।
संविधान कार्यान्वयनका लागि ३ वटा चुनाव भए मात्रै सम्भव हुने भन्दै संविधान संशोधन गनै काग्रेस प्रतिवद्ध रहेको उनले बताए । प्रदेशको कुरामा सिमाङ्गकन हरेफेर हुन सक्ने समेत बताए ।
यहि ४ गते काग्रेसले केन्द्रिय समितिको वैठकबाट मधेशी दलहरुको कुन कुरामा सहमत हुने र कुनमा नहुने सो बारे समेत ढुङ्गो लगाउने उनलदे जानकारी दिए ।
“पत्रकारको फरक जिज्ञासामा उनले सरकार फेरेर अहिले समस्या समाधान नहुने भन्दै अहिलेको ईसु के हो, मधेशीको कुन माग जायज हो, कुन होईन्, तीन दलहरु नै मिलेर बुझाएर अगाडी बढ्नु पर्ने धारण राखे ” ।