रेडियो अर्पणद्धारा विजयादशमीको शुभ कामना आदान प्रदान कार्यक्रम

सुजिता हमाल
चितवन, २१ असोज । पूर्वि चितवनको रत्ननगर १ बकुलहरमा रहेको रेडियो अर्पणले आज विजयादशमी ,शुभ दिपावाली तथा छठ पर्वको अवसरमा शुभ कामना आदान प्रदान कार्यक्रम गरेको छ ।
रत्ननगरमा रहेको एम.एस.मिडियाको सभाहलमा भएको सो कार्यक्रम अभियान टेलिभिजन तथा एम.एस.मिडिया एण्ड एड्भट्राइजिङ्ग प्रा.लिको सहयोगमा भएको हो ।
ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक नारायण रन्जितकारको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा नगरका विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, संघ संस्थाका प्रतिनिधिहरु,समाजसेवी, संस्थाका कर्मचारि लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
रेडियो अर्पणका कार्यकारी अध्यक्ष एवं अभियान टेलिभिजनका प्रबन्ध निर्देशक वेदप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रम एम.एस.मिडिया एण्ड एड्भट्राइजिङ्ग प्रा.लिका अध्यक्ष महेश पाण्डेले स्वागत मन्तव्य राख्नुभएको थियो ।