प्रेस सेन्टरद्धारा नवनिर्वाचित केन्द्रिय कोषाध्यक्ष अधिकारी सहित ५ जनालाई सम्मान (तस्वीरसहित)

चितवन २१ असोज । प्रेस सेन्टर नेपाल चितवनले हालै निर्वाचित केन्द्रिय, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरुलाई आज सम्मान गरेको छ । चाडवाडको अबसरमा स्वागत सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी प्रेस सेन्टर नेपाल चितवनले सम्मान गरेको हो । गैंडाकोटमा एक कार्यक्रमको आयोजना गरी कदरपत्र सहित यसरी सम्मान गरिएको हो ।555

प्रेस सेन्टर नेपाल केन्द्रिय सम्मेलनबाट हालै केन्द्रिय कोषाध्यक्षमा निर्वाचित सुरेशचन्द्र अधिकारी, केन्द्रिय सदस्य अनन्त प्रकास सुवेदी, तीन नम्वर प्रदेश उपाध्यक्ष शान्ता अधिकारी र तीन नम्वर प्रदेश सदस्यहरु नारायण ढुंगाना र प्रकाश ज्ञावालीलाई सम्मान गरिएको हो ।

सो क्रममा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य नारायण दाहाल र सुर्य सुवेदी पथिकले ढाका टोपी पहिर्याएर कदरपत्र प्रदान गर्दै सम्मान गरेका थिए । सम्मानपछि आयोजित कार्यक्रममा बोल्नुहुँदै दाहालले संक्रमणकालिन अबस्थामा पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने भन्दै अहिले पनि संविधान कार्यान्वयनका बेलामा उल्लेखनिय भूमिका खेल्न आग्ह गरे । सो क्रममा बोल्दै पत्रकार महासंघ चितवनका अध्यक्ष हरि पोखरेलले चाडवाडले सबैमा खुसी ल्याउने विश्वास व्यक्त गर्दै पत्रपत्रकारले पत्रकारिताको समृद्धिमा ससक्त भूमिका खेल्न र न्याएको पक्षमा लाग्न आग्रह गरे ।

pcn
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह, जुनियर प्रहरी अधिकृत शिक्षालय चितवनका प्रमुख रणबहादुर चन्द, प्रेस सेन्टरका केन्द्रिय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारी, बार एसोसिएसन चितवनका अध्यक्ष गोपीलाल देवकोटा, व्यवसायी कृष्ण अधिकारी, काँग्रेस सचिव राजीव न्यौपाने, एमाओवादी सह–ईन्चार्ज ज्ञानु बस्नेत, राप्रपा नेपालका प्रेम गैरे, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोख्रेरल, प्रेस युनियन चितवनका अध्यक्ष नारायण अधिकारी, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य शालिग्राम नेपाल, चितवनका अध्यक्ष तिर्थ नेपाल, क्रान्तिकारी पत्रकार संगठन चितवनका अध्यक्ष सूर्य बराल, मिडिया नेपालका अध्यक्ष श्रकर निर्देश,14470568_1295551223790446_7588283899146699968_n सञ्चारिका समुह चितवनकी अध्यक्ष सृजना अर्याल, अधिकारीकर्मीद्धय मिना खरेल र सरिता केसी, हाम्रो एफएमका अध्यक्ष भोजराज कौडेल, रेवान सौराहाका उपाध्यक्ष शीरलाल परियार, चिकित्सक कृष्ण सागर शर्मा, माईती नेपालका युवराज दवाडीलगायतले शुभकामना मन्तव्य राखेका थिए । भने प्रेस सेन्टर नेपाल चितवनका सचिव राजेन्द्र आचार्यले सञ्चालन गरको कार्यक्रममा उपाध्यक्ष सुमन गैंरेले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा विष्णु वस्तीले भुलबर र अन्यानमा एमालेमा हिजो गएको भन्दै आजका मिती देखि नै माओवादी केन्द्रमा रहेको घोषणा गरेका थिए ।