परासी-भुमही सडकखण्ड मा मार्सलले मोटरसाइकल लाई ठोकिदा २ जनाको मृत्यु

रबिन्द्र यादव,
नवलपरासी, असोज २१ । नवलपरासी जिल्लाको परासी भुमही सडक खण्डमा बा ६ च ४८१५ नम्बरको मार्सलले परासी बाट भुमही जाँदै गरेको अवस्थामा विपरीत दिसाबाट अाउदै गरेको लु २६ प ६९२१ नम्बरको मोटरसाइकल लाई ठोकिदा मोटरसाइकल चालक सुनवल- ४ बस्ने बर्ष २७ का बिजय थापाको घटनास्थलमै मृत्युु भएको नवलपरासी जिल्ला प्रहरी कार्यालयले जनाएको छroad-accident भने मोटरसाइकलको पछाडि बस्ने गम्भीर घाइते रुपन्देही घर भएका प्रहरी जवान गन बहादुर थापाको मेडिकल कालेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । हाल मार्सल र चालक प्रहरीको नियन्त्रणमा रहेका छन ।