चितवनका प्रहरी उपरिक्षक कुवँर र ट्राफिक प्रमुख भेटवाल पुरस्कृत, बाबुराम सम्मानित

चितवन, असोज २० । नेपाल प्रहरीले तराईका जिल्लाहरू मध्ये जिल्ला प्रहरी कार्यालय चितवनलाई आज (विहीबार) काठमाण्डौंमा उत्कृष्ट जिल्ला घोषित गर्दै पुरस्कृत गरेको छ ।sp-kunwar-puraskrit-460x307

प्रहरी दिवसको अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित एक भव्य समारोहकाबीच चितवन प्रहरी प्रमुख प्रहरी उपरिक्षक बसन्तबहादुर कुँवरलाई पुरस्कार प्रदान गरिएको हो । तराईका जिल्लाहरुमा चितवन प्रहरीले खेलेको भुमिकाको प्रशंसा गर्दै नेपाल प्रहरीले चितवन प्रहरी कार्यालयलाई उत्कृष्ट ठहराउँदै पुरस्कृत गरेको हो । यस्तै, ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य गर्दै जिल्ला ट्राफिक कार्यालय चितवनलाई पनि पुरस्कृत गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक राजन भेटवाललाई आज औपचारिक कार्यक्रममा सम्मान पत्रले पुरस्कृत गरेको हो ।

यस्तै सोही कार्यक्रममा नारायणी जग्गा तथा आवास व्यवसायी समिति चितवनका अध्यक्ष एवंम क्यान्सर अस्पताल सुधार समितिका संयोजक बाबुराम अधिकारी समेत सम्मानित हुनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनको भवन निर्माणमा करौंडाको सहयोग गरेको भन्दै प्रहरी प्रधान कार्यालयले नै अधिकारीलाई सम्मान गरेको हो ।