दशनामी समाजको शुभकामना

शंकर निर्देश

चितवन, २० असाेज । नेपाल दशनामी समाज चितवनले दसैँ, तिहार एवम् छठ पर्वको अवसरमा बिहीबार शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
नजिकिदै गरेको दसैँ, तिहार एवम् छठ पर्वको अवसरमा चितवनमा विभिन्न संघ संस्थाहरुले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिरहँदा दशनामी समाज चितवनले पनि शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि दशनामी समाजका केन्द्रीय उपाध्यक्ष गोविन्द विक्रम गिरीले नेपालीहरुको महान् पर्व दसैँ, तिहार एवम् छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरे । कार्यक्रममा गिरीले गिरी, पुरी, भारती, वन, पर्वत, सागर लगायतका जातिका दशनामी समाजमा आवद्ध व्यक्तिहरुले आफुहरुको प्रगति एवम् उन्नतिका लागि एकजुट हुनुपर्नेमा जोड दिए ।
दशनामी समाजका केन्द्रीय सदस्य उमाकान्त गिरी, केन्द्रीय सदस्य ईश्वर गिरी, केन्द्रीय महिला सञ्जाल सदस्य ऋतु गिरी, समाजसेवी मीना गिरी, जिल्ला उपाध्यक्ष जीवलाल पुरी लगायतको समेत सहभागिता रहेको थियो । कार्यक्रम दशनामी समाज चितवनका अध्यक्ष कृष्ण पुरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।