चितवनमा ६१औँ प्रहरी दिवस मनाइयो

करुणा देवकोटा
चितवन, २० असोज । ६१ औं प्रहरी दिवस चितवनमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइएको छ ।
‘अपेक्षा फलको छैन सधैँ कर्तव्य चिन्तन, आहुती प्राणको दिने तिमीमा अभिनन्दन’ भन्ने नारा सहित दिवस मनाइएको हो । दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार प्रभातफेरी कार्यक्रमको आयोजना गरेको थियो । नारायणगढको पुलचोकबाट सुरु भएको ¥याली, शहिदचोक, लायन्सचोक, चौबिसकोठी, हुँदै जिल्ला प्रहरी कार्यालय चितवनमा पुगी सभामा परिणत भएको थियो ।
vlcsnap-2016-10-06-16h39m24s196

वीर अमर प्रहरी प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले प्राथमिक, सामाजिक, नैतिक र कानुनी दायित्व प्रहरीको भएको बताए । समुदायको सुरक्षा गर्ने, समाजमा घटेका अपारधहरुको सफल अनुसन्धान गरी अपराधीलाई सजाय र पीडितलाई न्याय दिलाउने, सवारी आवागमनलाई सहज र व्यवस्थित बनाउने काममा नेपाल प्रहरी सदैवमा एकाग्र भएर लाग्न पनि सिंहले सुझाव दिए । प्रहरी दिवसको अवसरमा चितवनमा व्यक्तिहरुलाई सम्मान र पुरस्कृत पनि गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले छ जना समाजसेवीलाई सम्मान तथा २२ जना प्रहरीलाई नगद सहित पुरस्कृत गरेको छ । प्रहरीले सामुदायिक सेवा केन्द्र नारायणगढकी अध्यक्ष मीना खरेल, विष्णु खराल, रामप्रसाद सुवेदी, युवा उद्यमी निर्देश सेढाई, सोमबहादुर तामाङ र टेकबहादुर गुरुङलाई सम्मान गरेको हो । चितवनका प्रमुख जिल्ला अधिकारी तथा कार्यक्रमका प्रमुख अतिथि विनोद प्रकाश सिंहले सम्मान तथा पुरस्कृत गरेका हुन् । कार्यक्रममा अमर प्रहरी परिवार संगठनकी अध्यक्ष सरस्वती पौडेल, सामुदायिक सेवा केन्द्र नारायणगढकी अध्यक्ष मीना खरेल, पूर्व प्रहरी निरिक्षक चक्र बहादुर कार्की, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमलगायतले मन्तव्य राखेका थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रम, जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका डिआईजी रणबहादुर चन्दको अध्यक्षतामा सम्पन्न भएको थियो ।