मानव सेवा आश्रममा शुभकामना

चितवन, १९ असोज । भरतपुर १० मा रहेको मानवीय सेवामा समर्पित संस्था मानव सेवा आश्रमले विजया दशमी, शुभदिपावली तथा छट पर्वको अवसरमा शुभकामना आदान प्रदान गरेको छ ।
मानव सेवा आश्रमलाई सहयोग गर्ने, शुभेच्छुक, तथा अन्य व्यक्तिहरुले मानव सेवा आश्रमको कार्यक्रममा सहभागी हुँदै आश्रमले गरेको कामको प्रसंशा गरेका थिए । आश्रमले सडकलाई मानव रहित बनाउने योजना बनाएको भन्दै सबैको साथ र सहयोगको आवश्यक भएको लायन्स क्लब इन्टरनेशनल ३१५ बी टुका पूर्व डिष्ट्रिक्ट गभर्नर प्रभात कुमार जोशीले बताए । आश्रममा रहेका असहाय व्यक्तिहरुको सम्मानमा सबैले आश्रमलाई सहयोग गर्नुपर्ने जोशीको भनाइ थियो ।
वर्षमा एक दिन आश्रममा गएर असहाय व्यक्तिहरुको सेवामा समर्पित भएमा मात्रै पनि धर्म प्रप्त हुने लायन्स क्लब इन्टरनेशनल ३१५ बी टुका पूर्व डिष्ट्रिक्ट गभर्नर राजकुमार श्रेष्ठको भनाइ थियो । देशको वस्तुस्थिती बुझ्नको लागि अन्यत्र धाउनु नपर्ने बताउँदै आश्रममा गएमा देशको अवस्था के छ भनेर राम्रोसँग जानकारी लिन सकिने श्रेष्ठले बताएका छन् । नेपालीहरुको महान पर्वले सबै नेपालीहरुमा उन्नती प्रगति एवम् देशमा अमनचयन प्राप्त होस् भन्दै वक्ताहरुले शुभकामना प्रदान गरेका थिए ।
कार्यक्रममा समाजसेवी रामप्रसाद भट्टले दसैँको लागि भनेर आश्रममा आश्रित व्यक्तिहरुलाई नयाँ लुगा समेत प्रदान गरेका थिए । शुभकामना आदानप्रदान कार्यक्रममा गोरखा चितवन समाजका संस्थापक अध्यक्ष पूर्ण प्रसाद दवाडी, अध्यक्ष इ. भोजराज कौडाल, केशव अधिकारी, आश्रमका सञ्चालक रामजी भट्टराई, दी फेमस महेन्द्र दल गण भरतपुरका गणपति प्रमुख सेनानी सुरेन्द्र सापकोटा लगायतले मन्तव्य राखेका थिए ।