रमाइलो टोलमा थापाको नेतृत्व

चितवन, १९ असोज । रमाईलो टोल विकास संस्थाको अध्यक्षमा वलविक्रम थापा चयन भएका छन् । भरतपुरमा भएको सातौं साधारण सभा तथा चौथो अधिवेशनले थापाको अध्यक्षतामा ९ सदस्यीय नया“ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा अञ्जु गुरुङ, सचिवमा हरी ढकाल, सह–सचिवमा ओम बहादुर पाठक र कोषाध्यक्षमा कुमार बहादुर तामाङ चयन भएका छन् । यस्तै समितिका सदस्यहरुमा हिरामति विक, टाङ्गा लामा, टेकबहादुर थापालगायत रहेका छन् ।
नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको रहनेछ । नव निर्वाचित समितिले टोललाई सफा, सुन्दर र हराभरा बनाउनुका साथै सौर्य बत्तीको व्यवस्था गर्ने योजना ल्याएको छ । टोल विकास संस्था अन्तर्गतका ६ वटा भित्री सडकहरुमध्ये ३ वटा ढलसहितको पिच भइसकेको र बा“की ३ वटा सडकलाई पनि ढलसहित पिच गर्ने समितिका नवनिर्बाचित अध्यक्ष बलबिक्रम थापाले जानकारी दिए ।
भरतपुर–१० की वडा सचिव जानुका केसी प्रमुख अतिथि रहेको अधिवेशन उद्घाटन सत्रमा डिग्री कलेज टोल विकास संस्थाकी अध्यक्ष गौरी श्रेष्ठ, ज्ञानदर्शन टोलविकास संस्थाका अध्यक्ष मीनराज गौतमलगायतले बोलेका थिए ।