चितवन साहित्य परिषद्को शुभकामना

चितवन, १९ असोज । चितवन साहित्य परिषदले विजयादशमीको उपलक्षमा शुभकामना आदानप्रदान गरेको छ । परिषद्को भवनमा भएको कार्यक्रममा चितवनका विभिन्न साहित्यकारहरुले आ–आफ्ना सिर्जना वाचन समेत गरका थिए ।
वरिष्ठ साहित्यकार प्रेमविनोद नन्दन प्रमुख अतिथि रहेको कार्यक्रममा साहित्यकारहरु केदारनाथ खनाल, बालकृष्ण थपलिया, रेशमलाल श्रेष्ठ, डा.मतिप्रसाद ढकाल, डीडी शर्मा, इन्द्र रेग्मी, विष्णु तिवारी, सरला जोशी लगायतले समसामयीक रचना वाचन गरेका थिए । कार्यक्रम चितवन साहित्य परिषद्का कार्यबहाक अध्यक्ष सुरेन्द्र अस्तफलको अध्यक्षतामा सम्पन्न भएको हो ।

.