हंसको १३ औं साधारण सभा सम्पन्न

चितवन, १९ असोज । हंस बहेउद्देश्यीय सहकारी संस्था लि। कोे १३ औं वार्षिक साधारण सभा भब्य र सभ्य रुपले शहिदचोक, नारायणगढ, चितवन स्थित गणेश चित्र मन्दिरमा संस्थाका अध्यक्ष  दिनेश कुमार चुकेको अध्यक्षतामा सम्पन्न भयो ।hansha
सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका प्राचार्य  भिम प्रसाद तिवारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बरिष्ठ प्रहरी उपरिक्षक रणबहादुर चन्द, चितवन उद्योग संघका उपाध्यक्ष राजु पौडेल, जिल्ला बचत तथा ऋण सहकारी संघ, चितवनका अध्यक्ष तेजेन्द्र खड्का, जिल्ला सहकारी संघ, चितवनका उपाध्यक्ष भक्तिराम अधिकारी, पूर्व संचालक तथा उद्योगी गुणचन्द्र विष्ठ विशिष्ट अतिथि रहनु भएको थियो ।
विभिन्न सहकारी संघ संस्था तथा प्रतिष्ठित व्यक्तिहरुको उपस्थितिमा भएको कार्यक्रमा यस संस्थामा शेयर सदस्य रहनुभएका तथा संस्थाको विभिन्न पदमा रही कार्य गरीरहनुभएका पदाधिकारी तथा सदस्यले सामाजिक व्यावसायी क्षेत्रमा जिल्लाको अध्यक्ष तथा केन्द्रीय स्तरमा प्राप्त गर्नुभएका पदका आधारमा सम्मान पत्र र दोसल्ला ओढाई सम्मान गरियो ।
उद्घाटन सत्र र बन्द सत्र गरि २ सत्रमा भएको यस साधारण सभामा पहिलो सत्रमा वोल्ने बक्तmाहरुले संस्थाले प्राप्त गरेका समाजिक तथा आर्थिक उपलब्धिहरुको खुलेर चर्चा गर्नुभएको थियो । संस्थालाई निति नियममा व्यवस्थित संचालन गरी यो उचाईमा पुग्नु कठिन काम भएको बताउदै प्रमुख अतिथि भिम प्रसाद तिवारीले सहकारी संस्थाहरु नीति सम्बत चल्दामात्रै अप्ठेरोमा नपर्ने बताउनु भयो ।
संस्थाका ३ बटै कार्यलयका शेयर सदस्यहरुको उत्साहपूर्व रहेको उपस्थितिले संस्थालाई हौसला प्रदान गरेको सभाध्यक्ष दिनेश कुमार चेकेले बताउनु भयो । सचिव लेखराज पन्तले संचालन गर्नु भएको कार्यक्रममा उपाध्यक्ष बाबुराम अधिकारीले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रमलाई रोचक बनाउन साँस्कृति कार्यक्रम ९नृत्य० प्रस्तुत गरीएको थियो भने कार्यक्रम पश्चात गणेश चित्र मन्दिरमा उपस्थित शेयर सदस्यहरुलाई निःशुल्क सामाजिक कथानक चलचित्र छक्का पंजा देखाईएको थियो ।