नेविसंघ चितवनको चुनाव निर्विरोध हुन्छ : सभापति जितनारायण

पुनम गौतम
चितवन, असोज १९ । नेपाल विद्यार्थी संघ चितवनको निकट भविष्यमा नै चुनाव हुने र चुनाव निर्विरोध हुने पार्टी सभापति जितनारायण श्रेष्ठले बताउनुभयो । नेपाल विद्यार्थी संघ चितवनको आयोजनामा आज आपंटाडीमा भएको विजयादशमी, दिपावली तथा छठ पर्वको शुभकामना तथा बधाई कार्यक्रममा बोल्दै पार्टी सभापति श्रेष्ठले को नेतृत्वमा पुग्ने भन्दा पनि कुन विद्यार्थीहरुले आफुलाई स्थापित गर्न सक्छ भन्ने कुरा विद्यार्थीको चासोको कुरा भएकाले नेपाली कांग्रेसले विगत ३ वर्षदेखि हुन नसकेको नेविसंघको चुनाव गराएर नयां नेतृत्व हस्तान्तरणका लागि नेपाली कांग्रेस चितवन लाग्ने बताउनुभयो । 14585562_559061734292701_934620130_oकार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सभापति श्रेष्ठले नेपालीहरुको महान पर्व विजया दशमीको शुभकामना व्यक्त गर्दै प्रशासनको कडाई सगैं युवा विद्यार्थीहरुलाई नेविसंघका नेता, विद्यार्थी विभिन्न बहानामा समातिए भन्ने सुन्न नपर्ने क्रियाकलाप गर्न सम्पूर्ण विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । नेविसंद्द जिल्ला उपाध्यक्ष तथा कार्यक्रम संयोजक मित्रनिधि तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व पार्टी सभापति टेक प्रसाद गुरुङ, नेपाली काग्रेस चितवनका सचिव उत्तम जोशी, कोषाध्यक्ष शंकर प्रसाद कंडेल, नेविसंघ केन्द्रिय सदस्य कल्पना पौडेल लगायको उपस्थिति रहेको थियो । साथै कार्यक्रममा चितवनको नेतृत्व गर्दै नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्यमा विजयी हुनु भएकी कल्पना पौडेललाई सम्मान समेत गरिएको थियो ।