जुत्ता चप्पलले चिहानमा हिर्काएर सुरक्षित यात्राको प्रार्थना हुने ठाउँ

जुत्ता चप्पलले चिहानमा हिर्काएर सुरक्षित यात्राको प्रार्थना हुने ठाउँ
एजेन्सीको सहयोगमा

ठूलाबडा मान्छे तथा आफन्तको समाधीस्थलमा गएर पुष्पगुच्छा चढाएर मृतकको आत्माको शान्तिको कामना गरेको त देखिएकै हो । तर दुनियामा यस्तो ठाउँ छ जहाँ चिहानमाथि जुत्ता चप्पलले हिर्काएर आशिर्वाद मागिन्छ ।हो, भारतको उत्तरप्रदेशस्थित इटावामा रहेको चुगलखोरको समाधीस्थल एउटा यस्तो ठाउँ हो जहाँ मानिसहरुले आफ्नो यात्रा सुरक्षित गर्न बटुवाहरुले चिहानमाथि जुत्ता चप्पलले हिर्काउँछन् ।

इटावा हुँदै र्फरुखावाद, बरेली मार्गमा यात्रा गर्ने यात्रुहरुले यो समाधीस्थलमा आएर जुत्ता चप्पलले हिर्काउँछन् र आफ्नो सुरक्षित यात्राको लागि आशिर्वाद माग्दछन् र आफ्नो बाटो लाग्छन् ।भनिन्छ यो मार्गमा यात्रा गर्दा भुतको छायाँ पर्छ । त्यसैले यात्रामा भूतको छायाँ नपरोस् भन्ने कामना गर्दै पाँच सय वर्ष पूरानो उक्त समाधीस्थलमा मानिसहरुले जुत्ताले हिर्काएर पुजा गर्दछन् । त्यसरी जुत्ताले हिर्काइने चिहान हो, भोलू सइद नामका व्यक्तिको ।

किम्बदन्ती अनुसार इटावाका बादशाहले अटेरीका बादशाह विरुद्ध युद्ध गरेका थिए । युद्धपश्चात इटावाका राजालाई थाहा भयो की उक्त युद्धको कारक तत्व त उनको दरबारकै भोलू सैयद नामको व्यक्ति रहेछ ।उक्त दंगाफसादको कारक तत्व मानिएको भोलू सैयद नामक व्यक्तिलाई राजाको आदेशमा जुत्ताले हिर्काएरै हत्या गरियो र गाडियो । सोही व्यक्तिलाई गाडिएको चिहानमा त्यस बेलादेखि जुत्ताले हिर्काउने चलन चलेको हो ।hit-shoesontombस्थानीयहरुका अनुसार इटावा बरेली मार्गमा यात्रा गर्दा आफ्नो तथा परिवारको सुरक्षित यात्राका लागि भोलू सैयदको चिहानमा कम्तिमा पनि ५ पटक जुत्ताले हिर्काउनुपर्छ

Promise Education Consultancy