रामेश्वर ई–पुस्तकालयमा परिणत

चितवन, १७ चितवन । नेपाल जर्नी अमेरिकाको आर्थिक सहयोगमा रामेश्वर पुस्तकालयमा रामेश्वर ई पुस्तकालय स्थापना भएको छ ।
पुस्तकालयको गैर आवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष शेष घलेले उद्घाटन गरे । नेपाल जर्नीको तीन लाख २० हजार रुपैयाँ आर्थिक सहयोगमा १० वटा कम्प्युटर सहितको सुविधा सम्पन्न पुस्तकालय स्थपना गरिएको हो । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै घलेले सहकार्य र सहभावनाबाटै समाजको विकास हुने बताए । सबै जना मिलेर संगठित हुँदै समाजको विकासमा लाग्न सकेमा समाजको उन्नती हुन सक्ने घलेको भनाइ थियो । अध्यक्ष घलेले रामेश्वर पुस्तकालयको स्तरोन्नतीको लागि दुई लाख रुपैयाँ आर्थिक सहयोग सेमत गरेका छन् ।
पुस्तकालयका अध्यक्ष राजेन्द्र वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा पुस्तकलायका पूर्व अध्यक्ष केशव श्रेष्ठ, सल्लाहकार केदारनाथ खनाल, उपाध्यक्ष सशी श्रेष्ठ, जुनियर अधिकृत प्रहरी शिक्षालय भरतपुरका निर्देशक प्रहरी नायब महानिरीक्षक रणबहादुर चन्द, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य सोम सापकोटा, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमलगायतले मन्तव्य राखेका थिए ।