हंसको १३औँ साधारणसभा सम्पन्न

चितवन, १७ असोज । हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १३औँ वार्षिक साधारणसभाको अवसर पारेर विभिन्न व्यक्तिलाई सम्मान गरेको छ ।
पत्रकारिता मार्फत सहकारी क्षेत्रको वृद्धि विकासमा टेवा पु¥याएको भन्दै सहकारीले आभास टेलिभिजनका प्रबन्ध निर्देशक कोमलचन्द्र भगतलाई सम्मान गरेको हो । त्यस्तै, हंस बहुउद्देश्यीय सहकारीका सञ्चालक सदस्य तेज नारायण खरेल, उपाध्यक्ष बाबुराम अधिकारी, संस्थाका सदस्य कृष्ण प्रसाद अधिकारी र पूर्व सञ्चालक सदस्य गुणचन्द्र विष्टलाई समेत सम्मान गरेको छ । सहकारीमा इमान्दार आवश्यक रहेको भन्दै नीति, विधि र प्रविधिले सहकारी चल्नुपर्नेमा साधारणसभाका वक्ताहरुले जोड दिए ।
हंस बहुउद्देश्यीय सहकारी संस्थाले गत आर्थिक वर्ष २०७२÷०७३ मा ७१ लाख ६३ हजार रुपैयाँ नाफ गरेको साधारणसभामा जानकारी दिइएको छ । संस्थाको हालसम्म ३० करोड ४५ लाख रुपैयाँ ऋण लगानी भएको र २५ करोड चार लाख रुपैयाँ असुली भएको कोषाध्यक्ष प्रमोद कुमार श्रेष्ठले बताए । संस्थाको प्रगति विवरण प्रस्तुत गर्दै संस्थाका सचिव लेखराज पन्त हरिले हालसम्म संस्थाका दुई हजार तीन सय २० जना शेयर सदस्य पुगेको बताए ।
संस्थाका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा भएको साधारणसभामा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुरका प्राचार्य भीमप्रसाद तिवारी प्रमुख अतिथि रहेका थिए ।