सुपथ मूल्यको पसलबाट २२ लाखको कारोबार

चितवन, १७ असोज । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड शाखा कार्यालय नारायणगढले सुपत मुल्य पसलबाट २२ लाख १४ हजार ९३ रुपैयाँको कारोबार गरेको जनाएको छ ।
चाड पर्वलाई लक्षित गरी सञ्चालन गरीएको पसल बाट १५ दिनको अवधीमा २२ लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको शाखा प्रबन्धक बुद्धीबिनोद दाहालले बताए । कार्यालयमा सामान लिन आउनेहरुको भिड बढ्दो क्रममा रहेको दाहालको भनाइ छ । साल्ट ट्रेडिङले असोज २ गतेदेखि सुपय मुल्य पसल सञ्चालन गरेको थियो ।
कर्पोरेसनले यो अवधिमा १० लाख ७० हजार ६ सय ५० रुपैयाँको दाल गेडागुडी तथा तेल बिक्री गरेको जनाएको छ । त्यस्तै ११ लाख १६ हजार ९० रुपैयाँको चिनी र नुन बिक्री गरेको दाहालले बताए । कार्यालयले सुपथ मूल्य पसलमा दाल तथा गेडागुडीमा प्रति केजी दुई रुपैयाँदेखि १५ रुपैयाँसम्म छुटको व्यवस्था गरेको दाहालको भनाइ छ । कार्यालयले बिक्री गर्ने सबै गेडागुडी दाल लगाएतका सामग्री पुर्णरुपमा अगार्निक रहेको बताउँदै दाहालले बिषादी रहित खाद्यान्नको उपभोगका लागि साल्ट ट्रेडिङको सुपथ मुल्यको पसलमा आउन आग्रह समेत गरे ।
कार्यालयले सुपथ मुल्यको पसल कात्तिक २५ गतेसम्म सञ्चालन गर्ने र आन्तरिक बिक्री कक्ष भने वर्ष भरिनै सञ्चालनमा ल्याउने निर्णय गरेको दाहालले बताए ।