रत्ननगर नगरपालिकाको बार्षिक समिक्षा गोष्ठि सम्पन्न

14569029_1100244196738256_1042566825_n

बिशाल सापकोटा, चितवन, १७ असोज ।  रत्ननगर नगरपालिकाको आर्थिक बर्ष २०७२÷७३ को बार्षिक समिक्षा गोष्ठि आज सम्पन्न भएको छ ।
नगरपालिकाको सभाहलमा आयोजित एक समारोहका बिच आर्थिक बर्ष २०७२÷७३ मा नगरपालिकाबाट भए–गरेका भौतिक तथा बित्तिय बिवरण प्रस्तुत गरिएको हो ।
नगरपालिकाका लेखा अधिकृत सिताराम पोखरेलले ०७२–७३ का आन्तरिक आय तथा राजस्व बाँडफाँडको अवस्था, बार्षिक बित्तिय प्रगति, लक्षित क्षेत्रगत कार्यक्रम, भौतिक प्रगति बिवरण, सामाजिक सुरक्षा भत्ता बितरणको अवस्थाबारे कार्यक्रममा प्रकाश पार्नभएको थियो ।

14543587_1100244303404912_2123572754_n
उहाँका अनुसार गएको आर्थिक बर्षमा नगरपालिकाले प्रशासनिक तर्फ १४ प्रतिशत, सामाजिक सुरक्षामा २२ प्रतिशत तथा सार्बजनिक निर्माणमा ६४ प्रतिशत गरि कुल १९ करोड ८१ लाख ३४ हजार बजेट खर्च गरेको छ ।
कार्यक्रममा बोल्दै रत्ननगर नगरपालिकाका कार्यकारी प्रमुख काशिराम गैरेले नगरको बिकासमा नगरपालिकालाई सबै सरोकारवाला पक्षको सहयोगको खाँचो रहेको बताउनुभयो ।
उहाँले नगरभित्रका सरोकारवाला पक्षबाट राम्रा कामलाई प्रोत्साहन र नराम्रा कामलाई खबरदारीको अपेक्षा गरेको बताउनुभयो ।
यस्तै रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष ज्ञान बहादुर बिसुरालले नगरभित्रको बेरोजगारी अन्त्य गरि सबैलाई आत्मनिर्भर बनाउन ठोस कार्यक्रम ल्याउन नगरपालिकालाई सुझाउनुभयो ।
उहाँले आर्थिक पाटोमा प्रगति नभएसम्म नगरको बिकास हुन नसक्ने ठोकुवा गर्नुभयो । कार्यक्रममा वडा नागरिक मञ्चका प्रतिनिधिहरुले नगरपालिकाले नगरभित्रको पुर्वाधार बिकासमा जोड दिनुपर्ने बताएका थिए ।

14555696_1100244240071585_1036523435_n

नगरपालिकाका कार्यकारी प्रमुख काशिराम गैरेको अध्यक्षता तथा सुचना अधिकृत लिलानाथ अर्यालले सहजिकरण गर्नुभएको कार्यक्रममा नयाँ शक्ति नेपाल रत्ननगरका संयोजक दिल बहादुर अधिकारी, राप्रपा नेपालका रत्ननगर नगर अध्यक्ष टिकाराम तामाङ, राप्रपाका हरिशरण भट्टराई, नेपाल मजदुर किसान पार्टीका बिष्णु शर्मा, रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष श्याम प्रसाद बराल, रत्ननगर नगर बिकास समितीका अध्यक्ष दिपक राज पौडेल, रेवान सौराहाका अध्यक्ष राजन भट्ट १९ वटै वाडका वडा नागरिक मञ्चका प्रतिनिधि लगायत सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो ।