एनआरएन अध्यक्ष शेष भन्छन्,लगानी गर्न तयार छु,कमजोर पूर्वाधारले लगानी गर्ने आत्मविश्वास भएन

सरिता पौडेल

चितवन  १७ असोज  । गैरआवासीय नेपाली संघ(एनआरएन)का अध्यक्ष शेष घलेले चितवनमा लगानी गर्न गैरआवासीय नेपाली इच्छुक रहेको बताएका छन्।क्रियाशिल पत्रकार महिला समूहले सोमबार गरेको पत्रकार सम्मेलनमा उनले पर्यटकीय स्थलको रुपमा रहेको चितवनमा लगानी गर्न तयार रहेपनि पूर्वाधार कमजोर हुँदा लगानीको आत्मविश्वास बढ्न नसकेको बताए।14469592_1108609872510329_7079926976036575896_n

“चितवनमा लगानी गर्न म पनि इच्छुक छु, उनले भने, सम्भावना छ तर सजिलो छैन, उनले भने, काठमाडौं जोड्ने मुख्य सडकको दुरावस्थाका कारण पनि तत्कालै लगानी गर्ने आधार बनेको छैन।

घलेले काठमाडौंमा १३ अर्बको लगानीमा शेराटन होटल निर्माण गरिरहेका छन्। भूकम्प र नाकाबन्दीका कारण यो होटलको निर्माणमा ढिलाई भएपनि अहिले तीब्रगतिमा अघि बढेको छ।गैरआवासीय नेपाली सोम सापकोटाले चितवनको नारायणी नदी आसपासमा गैरआवासीय नेपालीले सुविधासम्पन्न होटल खोल्ने योजना बनाएको बताए।