सौराहा बचतको १७ औ वार्षिक साधरण सभा

चितवन, असोज १७ । चितवनको पर्यटकिय नगरी सौराहामा रहेको सौराहा बचत तथा ऋण सहकारी संस्थाको १७ औ वार्षिक साधरण सभा थारु कल्चर हाउसको सभाहलमा सम्पन्न भएको छ ।
सो कार्यक्रममा उत्कृष्ट कारोवार गर्ने १० जना सेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । उत्कृष्ट १० मा पर्न सफल विमला खरेल, टिकाचन्द्र सिलवाल, योजना कटेल, निर्मला चौधरी, मेघमाया तामाङ्गनी, फुलझरिया महतो, इश्वरी प्रसाद खतिवडा, भवानी अधिकारी, गंगा वाग्ले, टिकाराम गिरी लाई प्रमुख अतिथिको हातबाट कदर पत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।14479692_10210610657253704_1201909844977711114_n
त्यस्तै कार्यक्रमका जेष्ठ शेयर सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । गोपालप्रसाद अधिकारी, मित्रराज भण्डारी, सनमान तमाङ्ग, देवीराम महतो, विष्णुप्रसाद अर्याल, गणेश कुमारी श्रेष्ठ, मनरुपा गिरी जेष्ठ शेयर सदस्यको रुपमा सम्मानित हुनुभएको थियो ।
साधारणसभाका अवसरमा संस्थाको नीति तथा कार्यक्रममाथि ब्यापक छलफल गर्दै संस्थालाई थप बलियो बनाएर अगाडि बढ्ने योजना रहेको सौराहाक बचत तथा ऋण सहकारी संस्थाका ब्यबस्थापक नारायण प्रसाद तिमल्सिनाले बताउनु भयो ।
साधरण सभाको अवसरमा योगेन्द्र नाथ अधिकारी, गंग गिरी, मधुकर रेग्मी, विनोद खनालले मन्तब्य राखेका थिए । कार्यक्रममा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुरका प्राचार्य श्री भिम प्रसाद तिवारी प्रमुख अतिथी रहनु भएको थियो । संस्थाका अध्यक्ष गणेश खतिवडाको सभापतित्वमा भएको साधरणसभामा उपाध्याक्ष रामकुमार अर्यालले स्वागत मन्तब्य राखेका थिए भने दिपेश चौधरीले कायैक्रम संचालन गरेका थिए ।