फियाट पुन्टो कार चितवनमा (तस्वीर र भिडियोसहित)

चितवन, १६ असोज । फियाट कारको लागि नेपालको आधिकारिक बिक्रेता लाइफ अटोमोबाइलले आफ्नो पछिल्लो ह्याचब्याक पुन्टो प्युअरलाई नारायणगढ बजारमा बिक्री सुभारम्भ गरेको छ ।
धेरै सुविधा भएको युरोपियन ह्याचब्याकलाई युरो अटोमोटिभ प्रालिले नारायणगढ बजारमा ल्याएको हो ।
विभिन्न आकर्षक डिजाइनका कारण पुन्टो कार नेपाली बजारमा प्रख्यात बन्दै गएपछि नारायणगढबाट समेत बिक्री गर्न लागिएको युरो अटोमोटिभका अध्यक्ष उज्ज्वल श्रेष्ठले बताए ।
पुन्टो प्युअर कारमा चार वटा सिलिन्डर भएको एक दशमलब दुई लिटर फायर पेट्रोल इन्जिन जडान गरिएको बताउँदै श्रेष्ठ यस गाडिले एक लिटर पेट्रोलमा १६ किलोमिटरको माइलेज दिने जानकारी दिए ।
पाँच वटा ढोका भएको यो युरोपेली ह्याचब्याकमा अवार्ड प्राप्त इन्जिन समेत जडान गरिएको कारण कम इन्धन खपतमा शक्तिशाली उर्जा पैदा गर्ने बिक्रेताले जनाएको छ । पुन्टो प्युअर कारमा पाँच स्पीडको म्यानुअल ट्रन्समिसन र ४५ लिटर क्षमताको पेट्रोल ट्यांकी रहेको छ । एक हजार दुई सय सीसी इन्जिन क्षमता भएको २२ लाख ८९ हजार रुपैयाँ रहेको युरो अटोमेटिभ प्रालिले जनाएको छ । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ, नेपाल अटो डीलर्स एसोसीएसनका उपाध्यक्ष तथा चितवन अटोमोबाईल एसोसीएसनका पूर्व उपाध्यक्ष शीव राज गिरी , चितवन अटोमोबाईलका एसोसीएसनका अध्यक्ष ज्ञानु प्रसाद न्यौपाने , चितवन अटो मेकानिक एसोसीएसनका अध्यक्ष बल राम भण्डारी , लाईफ अटोमोबाईल काठमाडौँका सेल्स म्यानेजर सञ्जीव अधिकारी , युरो अटोमोटीभका महाप्रवन्ध निर्देशक रवीन श्रेष्ठ , युरो अटोमोटीभका निर्देशक कपिल सागर र्कमाचार्य , युरो अटोमोटीभका सागर श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।