कालिका सहकारीको साधारण सभा सम्पन्न

सुजिता हमाल, चितवन, १६ असोज
पूर्वि चितवनको कालिका नगरपालिका ७ सूर्यपुरमा रहेको कालिका दुग्ध चिस्याउने केन्द्र सहकारी संस्था लिमिटेडको १७औं बार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।

14542839_1204191296320703_1245384398_n

संस्थाका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रम सोसाईटी उप शाखा जुटपानी खोलेसिमलका सभापति गणेश शर्मा पौडेल, मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका कार्यबाहक अध्यक्ष बोधनाथ थपलिया,लेखा संयोजक रामकृष्ण लम्साल लगायतले मन्तव्य राखेका थिए ।

.