नविन टोलद्धारा सरसफाई कार्यक्रम
सुजिता हमाल, चितवन, १६ असोज
विजया दशमी २०७३ को पूर्व सन्ध्यामा रत्ननगर १२ मा आईतबार सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
नविन टोल विकास संस्था, नविन आमा समुह र नविन चोक, डुम्रिचोक पिच उपभोक्ता समितिको संयुक्त आयोजनामा सरसफाई गरिएको हो ।
नविन चोक देखि डुम्रिचोक सम्मको सडकको दायाँवायाँ सरसफाई गर्नुका साथै टोल वासीलाई सरसफाई सम्वन्धि चेतनामुलक प्रशिक्षण समेत दिइएको थियो ।
लौरीघोल टोलबासीको समेत सहभागिता रहेको सो कार्यक्रममा विजया दशमीको शुभकामना आदान प्रदान कार्यक्रम पनि गरिएको थियो ।
वडा नं.२ र १२ का वडा अध्यक्ष एवं वडा सचिव रमेशलाल ताम्राकारको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा वडा नागरिक मञ्चका अध्यक्ष गोकर्ण खनाल,लौरिघोल टोलका अध्यक्ष वेलकुमारी श्रेष्ठ, पिच उपभोक्ता समितिका उपाध्यक्ष सुर्य भट्टराई, सचिव माधव प्रसाद पण्डित, नविन आमा समुहका अध्यक्ष मिश्रा घिमिरे, राधिका भण्डारी लगाएतले मन्तव्य राखेका थिए ।
कार्यक्रम नविन टोलका अध्यक्ष एवं वडा समन्वय समितिका संयोजक पूर्ण पुरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।