खोलेसिमलमा पतन्जलीको समिति गठन
सुजिता हमाल, चितवन, १६ असोज
पूर्वि चितवनको कालिका नगरपालिका ६ खोलेसिमलमा आज पतन्जली योग शिविर व्यवस्थापन कार्य समिति गठन गरिएको छ ।
आज आयोजित भेलाले भिम प्रसाद खनालको अध्यक्षतामा सो समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा शोभा वाग्ले,सचिव होम बहादुर गुरुङ,कोषाध्यक्ष ईश्वर विष्ट र सह सचिव कैलास खड्का चयन भएका छन ।
सो समितिको सदस्यहरुमा विनोद लामा,मिना लामिछाने,हिमनिधि तिवारी,सविता कंडेल,गिता रेग्मि,सरस्वति पाख्रीन र भविश्वर आचार्य रहेका छन ।
समितिको सल्लाहकार संयोजक गणेश शर्मा पौडेल,सदस्य बृहस्पति वाग्ले र जुना खनाल रहेका छन ।
सो समितिको संरक्षकमा योग शिक्षक नारायण घिमिरे रहेका छन ।
विगत तीन महिनादेखि खोलेसिमलमा सञ्चालन भईरहेको योग शिविरलाई आगामी एक वर्षसम्म निरन्तरता दिने समेत निर्णय भएको अध्यक्ष खनालले जानकारी दिए ।