भरतपुर अस्पतालको स्तर वृद्धि गर्न सहयोग गर्छु :प्रधानमन्त्री दाहाल!!

चितवन, १३ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले भरतपुर अस्पतालको आकस्मिक रुपमा निरीक्षण गरेका छन् । भरतपुर अस्पतालको आकस्मिक निरीक्षणको क्रममा बिहीबार बिहान दाहालले स्वास्थ्य क्षेत्रमा सरकार गम्भीर रहेको उल्लेख गरे ।
सरकारले प्रत्येक प्रदेशमा एक एक वटा मेडिकल कलेज स्थापना गर्ने तयारी गरेको बताउँदै भरतपुर अस्पताललाई प्रदेश नम्बर ३ को मेडिकल कलेज बनाउनको लागि आफूले पहल गर्ने दाहालको भनाइ थियो । नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पु¥याउनु सरकारको दायित्व भएको दाहालको दाहालले बताए । प्रत्येक प्रदेशमा एउटा मेडिकल कलेजको प्रस्ताव आफूले संसदमा राखिसकेको भन्दै प्रधानमन्त्री दाहालले भरतपुर अस्पतालको स्तर वृद्धिका लागि सक्दो पहल गर्ने बताए ।
hospital-anugaman-avi_snapshot_01-39_2016-09-29_18-44-29

भरतपुर अस्पतालको आकस्मिक निरीक्षणको लागि प्रधानमन्त्री दाहाललाई अस्पताका तर्फबाट फिजिसियन डाक्टर भोजराज अधिकारीले ज्ञापनपत्र समेत बुझाएका छन् । ज्ञापन पत्र वाचन गर्दै डाक्टर अधिकारीले मन्त्री परिषद्को पहिलो बैठकबाट स्वास्थ्यलाई गरिएको उच्च मूल्यांकन र संसदको बैठकमा एक प्रदेश एक मेडिकल कलेज बनाउने लगायतको निर्देशनात्मक प्रतिवद्धतालाई अस्पतालको तर्फबाट कृतज्ञता ज्ञापन गरे ।
चितवन प्रदेश नम्बर ३ को विशिष्ट भौगोलिक पृष्ठभूमिका रहेको र स्वास्थ्य नगरीको पर्यायवाचीको रुपमा फष्टाउँदै गरेकोले राज्यको नीतिगत तहमा नै चितवनलाई मेडिकल सिटी बनाउनको लागि अधिकार प्राप्त युनिटको स्थापना र संयोजन गर्न चितवनका स्वास्थ्यकर्मीहरु सक्षम रहेको डाक्टर अधिकारीले बताए । चितवनको सबैभन्दा ठूलो र जनभरोसाको अस्पताल भरतपुर अस्पताललाई ३ नम्बर प्रदेशको मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा स्थापित गरिनुपर्ने डाक्टर अधिकारीले बताए ।
प्रधानमन्त्रीको अस्पताल निरीक्षणका क्रममा बिरामीहरुले गुनसो समेत राखेका छन् । मकवानपुरका रामशरण पौडेलले हेटौंडामा सरकारी अस्पताल भएपनि उक्त अस्पतालमा आईसीयू समेत नभएको भन्दै यस तर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । आफ्ना ७१ वर्षिय बुबा मुक्तिराम पौडेल बिरामी भएर हेटौँडा अस्पतालमा लगेको अवस्थामा त्यहाँ अक्सिजन र आईसीयू समेत नभएकोले राति भरतपुर ल्याउनुपरेको पौडेलले गुनासो गरे । हेटौंडाको अस्पतालमा कुनै पनि सुविधा नभएको भन्दै जनताको तर्फबाट स्वास्थ्य र शिक्षाको क्षेत्रमा सरकारको तर्फबाट सुधार गर्नको लागि पौडेले आग्रह गरे ।