‘उज्यालो मिलन’ अन्तर्गत सौर्य बत्ती वितरण

चितवन, ११ असोज । लोक गायक मिलन लामाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विपन्न समुदायका व्यक्तिलाई निशुल्क रुपमा सौर्य बत्ती वितरण गरेका छन् ।
आफ्नो फेसबुकबाट ‘उज्यालो मिलन’ अभियान सञ्चालन गरेका लोक गायक लामाले नेपाल तथा विदेशमा रहेका व्यक्तिहरुसँग सहयोग लिएर विपन्न समुदायका व्यक्तिहरुलाई सौर्य बत्ती वितरण गर्दै आएका छन् । लामाले यसै अभियान अन्तर्गत मंगलबार कुमरोज गाविस वडा नम्बर ४ सिम्रनीमा रहेका १५ घर परिवारलाई सौर्य बत्ती वितरण गरेका हुन् । बाढी पीडित बस्तीमा विरतण गरिएको सौर्य उर्जाबाट चार वटा बत्ती बल्ने लामाले जानकारी दिए ।
घर अगाडि तार भएर पनि अँध्यारोमा बस्न बाध्य भएका विपन्न समुदायको लागि लामाले अभियान मार्फत निशुल्क रुपमा सौर्य बत्ती वितरण गर्दै आएका छन् ।

3