लोक गायक मिलन लामा पर्यटन प्रबद्र्धनमा जोड दिएको भन्दै सम्मानित

 

गोपिकृष्ण चापागाई
काठमाडौं, असोज ८ । बिगत दुई दशक भन्दा बढी समयदेखी गीत संगीतको क्षेत्रमा सक्रिए रहेका गायक मिलन लामा हिउँचुली लायन्स क्लबद्धारा सम्मानित भएका छन् । पर्यटन प्रबद्र्धनमा जोड दिने गीत गाएको भन्दै उनलाई शुक्रबार ठमेलका एक कार्यक्रमका बिच सम्मानित गरीएको हो ।

बिशेष गरी देशको पर्यटन प्रबद्र्धनमा जोड दिएर गीत गाउने पर्यटन प्रबद्र्धनात्मक गायक मिलन लामाले भर्खर मात्र ठमेल बजार बोलको गीत सार्वजनिक गरेका छन् । सो गीतमा ठमेल बजारको बिशेषता लगायतका कुरा जोडिएको छ ।bbbbb

साथै मिलन लामाले यसभन्दा अघि पनि थुप्रै गीत पर्यटनलाई जोड दिएर गाएका छन् । उनले गाएका गीत मध्ये माझी दाई पोखरा फेवातालको, बाटो खुल्यो मोटर गुड्यो जुम्ला कालिकोटको, वेलकम टु नेपाल, साईकल चढेर आउ घुम्न निर्माया टाँडी झरेर अत्यधिक रुचाइएका गीत हुन् ।

सम्मानी गायक लामाले आफुले गरेको कामप्रती सम्मानीत गरेकोमा खुसी ब्यक्त गर्दै आफुलाई आगामी दिनमा अझ यस्तै गीत गाउनमा उर्जा मिलेको बताएका छन् । उनले आफ्नो देशका लागी आफु कलाकार भएको हिसाबले सक्दो गर्ने बताएका छन् ।

मैले बिगत देखी नै आफ्नो देश नेपालको पर्यटन प्रबद्र्धनमा जोड दिने गीत गाएको छु र सधै गाईरहने छु, आज मलाई सम्मान गर्नुहुने हिउँचुली लायन्स क्लब प्रति बिशेष आभार छु साथै विशेष गरि मित्र शेर बहादुर परियार जि लाई र साथ मा सधैं को सहयोगि मित्र केशव पान्डे जीलाई सम्झन चाहान्छु, गायक मिलनले भने ।