फुजेल घटनामा कानुन व्यवसायीलाई लिखित बहस पेश गर्ने आदेश

चितवन, ११ असोज । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या प्रकरणको न्यायिक सुनुवाईमा जिल्ला अदालत चितवनले प्रतिवादीका कानुन व्यवसायीलाई लिखित बहस पेश गर्ने आदेश दिएको छ । Jilla adalataजिल्ला न्यायाधीश टेकनारायण कुँवरको एकल इजलासले संवेदन्शील मुद्धा भएकाले कात्तिक पाँच गते सम्म प्रतिवादिका तर्फ बाट वहस गरेका कानुन व्यवसायीलाई लिखित नोट पेश गर्ने आदेश दिएको हो । तीन दिनसम्म चलेको मौखिक वहसमा जाहेरीवालाका तर्फ बाट ७, बादीका तर्फबाट २, र प्रतिवादीका तर्फ बाट १३ जना गरी २२ जना कानुन व्यवसायीले मौखिक वसह गरेको चितवन जिल्ला अदालतका सुचना अधिकारी कृष्णप्रसाद वरालले जानाकारी दिनुभयो । आइतबारदेखि सुरु भएको बहसमा हिजो र आज प्रतिवादीका तर्फका कानुन व्यवसायीले वहस गरेका थिए । प्रतिवादीको तर्फबाट अधिवक्ताहरु धर्मराज आचार्य, केशवप्रसाद गौतम, दिनमणि पोखरेल, गोपीलाल देवकोटा, प्रकाश महर्जन, ज्ञानेन्द्र नेपाल, रमेश मैनाली, भोजराज सुवेदीले, खगराज कंडेल, लक्ष्मण अधिकारी, चुडामणी सापकोटा, कमलराज पाठकले बहस गरेका थिए । त्यस्तै आईतवार जाहेरवालाको तर्फ बाट सरकारी र जाहेरवालाको तर्फबाट नौ जनाले बहस जिकिर पेश गरेका थिए । जाहेरवालको तर्फबाट अधिवक्ताहरु ओमप्रकाश अर्याल, बाबुराम गिरी, आशिकराम कार्की, इन्द्र अर्याल, गोपालकृष्ण घिमिरे, दिनेश त्रिपाठी, पुष्पराज पौडेल र काशीराम ढुंगानाले बहस गरेका छन् । बहस सकिएपछि मुद्दामा अन्य आदेश वा फैसला हुने बरालले जानाकारी दिनुभयो ।
वि.सं.२०६१ जेठ २४ गते तत्कालीन नेकपा माओवादीले कृष्णप्रसाद अधिकारीको रत्ननगरमा हत्या गरेको आरोप लगाईएको छ । सोही आधारमा उनका बुबा नन्दप्रसाद अधिकारीले आफ्नो छोरोको हत्या माओवादीबाट भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका थिए । त्यसको एक वर्ष ६ महिनापछि मृतकका दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । चितवन जिल्ला अदालतले २०७१ बैशाख ४ गते कटानी जाहेरी भएकामध्ये ८ जनालाई धरौटीमा र तीन जनालाई साधारण तारेखमा छाडेको थियो । यस घटनामा संलग्न भनिएका छविलाल पौडेल र रुद्र आचार्य अझै सम्पर्कमा आएका छैनन् । आचार्य सुरु देखि नै अमेरीकामा रहेको बुझिएको छ भने पौडेल सर्बोच्च अदालतले थुनामा राखी कारवाही गर्नु भन्ने आदेश गरेपछि अदालतले तारेखमा नआई फरार रहेका चितवन जिल्ला अदालतले जानकारी दिएको छ ।