सौराहामा फुलमाला, अबिर तथा दोसल्ला ओढाएर पर्यटकलाई स्वागत (तस्वीरसहित)

राजेन्द्र आचार्य
चितवन, ११ असोज । पर्यटकीय नगरी सौराहामा ३७ विश्व पर्यटन दिवसमा पहिलो पटक चितवन आइपुग्ने स्वदेशी तथा विदेशी पर्यटकलाई बसपार्कमा स्वागत गरेका छन् । सौराहाका पर्यटन व्यवसायीहरुले पर्यटकीय वसमा चितवन आएका ३ जना विदेशी पर्यटकहरुलाई स्वागत गरेका हुन । 14483608_1021909041270823_1040844307_nक्षेत्रीय होटल संघ चितवनले सौराहा रहेको पर्यटकीय वसपार्कमा एक कार्यक्रमको आयोजना गरी अमेरिकाबाट आएका ३ जना पर्यटकहरुलाई फुलमाला, अबिर तथा दोसल्ला ओढाएर पर्यटकलाई स्वागत गरेको क्षेत्रिय होटल संघका महासचिव राममणि खनालले जानकारी दिए । पहिलो पटक आएका पर्यटकहरुलाई व्यवसायीहरुले बसपार्कवाट हात्तीमा चढाएर होटल सम्म पु¥याएका थिए ।14518598_1021909077937486_671482933_n क्षेत्रीय होटल संघका अध्यक्ष ज्ञानेन्द्रकुमार विष्टले पर्यटन दिवसको अबसरमा पर्यटकहरुलाई स्तरीय सेवा सुविधा तथा सत्कारमा ध्यायन दिन आग्रह गरिएको बताए । चितवनमा बार्षिक साढे दुई लाख पर्यटक आउने गरेका छन । तर भूकम्प पछि चितवनको पर्यछन व्यवसाय सुस्ताई १० बर्ष पहिलेको अवस्थामा यो क्षेत्र पुगेको उनले बताए ।trosit पर्यटन दिवस पछि प्योकज कार्यक्रममा छुट, सेवासुविधा वृद्धि र सत्कारमा ध्यान दिएर व्यवसायीहरु पर्यटन विकासमा लागेको निर्वतमान अध्यक्ष नारायण भट्टराईले दावी गरेका छन् ।

.