लायन्स र कार्नेटद्धारा विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुदका सामाग्री प्रदान (भिडियोसहित)

सरस्वतीकुमारी शर्मा
चितवन, ११ असोज । चितवनको भरतपुर उपमहानगरपालिका वडा नं.–११ म रहेको नव जागृती राष्ट्रिय प्रथामिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुदका सामाग्री प्रदान गरिएको छ । लायन्स क्लब अफ भरतपुर मुनालचोकको आयोजना र कार्नेट नेपालको सहयोग विद्यालयमा शैक्षिक तथा खेलकुदका सामाग्री प्रदान गरिएको कार्नेट नेपालका केन्द्रिय सदस्य शरद आचार्यले जानकारी दिए । लायन्स क्लबका डिस्ट्रक गर्भनर धनश्याम भट्टराई एक कार्यक्रमका विच विद्यालयका १ देखि ४ कक्षा सम्मका ९१ जना विद्यार्थीहरुलाई फुटबल, कलम, कापी, पेन्सील, डायरी, मोजा, जुत्ता लगायताका सामाग्री प्रदान गरेका थिए ।20160926_114859 20160926_124100 20160926_114920 20160926_114912

लायन्स क्लब अफ भरतपुर मुनालचोकका अध्यक्ष जयकृष्ण सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन नवराज सापकोटा, विद्यालयकी प्रचार्य राधा अधिकारी, चक्रप्रसाद सिटौला, कलबका सचिव रामचन्द्र केसी लगायतले बोलेका थिए ।