Breaking News : भरतपुर ओरालोमा दुर्घटना हुदां १ को मृत्यु

शरद आचार्य
चितवन १० असोज । चितवनको भरतपुर ओरालोमा सोमबार दिउँसो साँढे १ बजे बसको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।

भरतपुर चौविसकोठीबाट नारायणगढतर्फ जाँदै गरेको ना ३ ख ९४३९ नम्वरको बसले विपरित दिशाबाट जाँदै गरेको ना ४१ प ६३९७ नम्वरको मोटरसाईकललाई ठक्कर दिंदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी मोटरसाईकलमा सवार भरतपुर उपमहानगर वडा नम्वर ४ बस्ने ३३ बर्षका भरत बहादुर महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुर्घटनामा परी गम्भिर घाईते भएका उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

सो दुर्घटनामा परी अर्का एक जना गम्भिर घाईते भएका छन् । घाईते २५ बर्षका भिमलाल तामाङको सोही कलेजमा उपचार भैरहेको छ । बस प्रहरी नियन्त्रणमा रहेको जनाईएको छ । भने चालक फरार छन् ।

.