गैँडाको आक्रमणबाट चितवनमा १ को मृत्यु, एक घाईते

चितवन,असोज १० । चितवनको दुई ठाउमा गैडाले आक्रमण गर्दा एकको मुत्यु छ । भने घाईते भएका छन् । चितवनको माडी नगरपालिका ३ रुपजीमा गैँडाको आक्रमणबाट १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । गैडाको आक्रमणबाट स्थानीय ४९ वर्षीय टङ्कबहादुर सुनुवारलाई आफ्नै घरमा बसिरहेको अवस्थामा गैँडाले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो। आइतबार साँझ ५ बजेतिर गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका सुनुवारको उपचारको लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। नजिकै चितवन राष्ट्रिय निकुञ्जबाट बाहिरिएको गैँडाले सुनुवारलाई आक्रमण गरेको हो। यस्तै आईतबार मात्रै पूर्वी चितवन मंगलपुरमा गैडाले आक्रमण गर्दा रत्ननगर १० मंगलपुरका ६५ वर्षिय जुग बहादुर वि.क गैडाको आक्रमणबाट घाईते भएका हुन । रत्ननगर १० पञ्चकन्या सामुदायिक वनक्षेत्र भित्र पर्ने सिमा क्षेत्रमा निउरो टिपेर घर फर्किने क्रममा बाटोमा गैडाले आक्रमण गरेको पञ्चकन्या सामुदायिक वनक्ष्का सचिव अर्जुन पौडेलले जानकारी दिए ।