अपडेट : यसो भन्दछन् पूर्व गृहमन्त्रीका बाच्न सफल चालक (भिडियोसहित)

 

चितवन, ९० असोज । त्रिशुलीमा गाडी दुर्घटना हुँदा पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित उनका दुई भाइ बेपत्ता भएका छन् ।14456820_643895762443808_1817200156_o
पूर्वमन्त्री एवम् पूर्वमुख्य सचिव समेत रहेका घिमिरेसहित उनका भाइ मोहन र प्रकाश घिमिरे बेपत्ता भएको चितवका प्रमुख जिल्ला अधिकारी विनोदप्रका सिंहले  जानकारी दिए ।


घिमिरेको परिवार चढेको गाडी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । घिमिरेकी आमा चैतन्य कुमारी घिमिरे, नारायण प्रसाद काफ्ले र सशस्त्र प्रहरीका सई रामचन्द्र कार्कीको मृत्यु भएको हो । गाडीका चालक घाइते विष्णु राईको भने भरतपुरमा उपचार भइराखेको छ ।14456658_643895795777138_736721355_o
घिमिरे परिवारसहित मुक्तिनाथको दर्शन गरेर राजधानी फर्कदै थिए । घिमिरे चढेको बा ९ च १५१३ नम्बरको गाडी चितवनको दाह्रेचोक गाविस ३ को घोप्टेभिरबाट त्रिशुलीमा खसेको हो ।
बेपत्ताको खोजी काय भइराखेको सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारका एसपी गणेशबहादुर थापाले जानकारी दिए ।
मुक्तिनाथको दर्शन गरी दमौलीमा खाना खाएर काठमाडौं हिडेका पूर्व गृहमन्त्री घिमिरेले चलाएको गाडी घोप्टेभिरबाट करिब तीन सय मिटर तल त्रिशुली नदीमा खसेको हो ।
दुर्घटनामा ज्यान जोगाउन सफल सवारी चालक विष्णु राईले मुग्लिन पुगेर प्रहरीलाई जानकारी गराएपछि मात्र घटनाबारे प्रहरीले थाहा पाएको मुग्लिनस्थित पत्रकार विनोद श्रेष्ठले जानकारी दिए ।14438934_643895809110470_1288139951_o
त्यसलगत्तै सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारको टोली उद्धारमा खटिएको थियो । खिलराज रेग्मी अध्यक्ष भएको अन्तरिम चुनावी सरकारको गृहमन्त्री रहेका घिमिरेको जन्म २०१७ सालमा पाल्पामा भएको थियो । प्रहरीले आइतबार रात परेकाले बेपत्ता घिमिरे तीन भाइको खोजी कार्य सोमबार मात्र हुने बताएको छ ।

 

 

यसो भन्दछन् पूर्व गृहमन्त्रीका बाच्न सफल चालक

पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे आफ्नी ८० वर्षीया आमा चैत्यकुमारीलाई मुक्तिनाथ धामको तीर्थाटन गराएर आइतबार काठमाडौं फर्किँदै थिए ।

हिन्दू धर्माबलम्बीहरुका प्रमुख चारधाम मध्ये मुस्ताङको मुक्तिनाथ एक हो । स्कारपियो जीपमा आमा र आफन्त लिएर गएका घिमिरेसँग गाडी चालक पनि थिए ।14456658_643895795777138_736721355_o

त्रिशुलीमा खसेको जीपबाट उछिट्टिर बाँच्न सफल भएका घिमिरेका चालक बिष्णु राईले नै प्रहरीलाई सबैभन्दा पहिले दुर्घटनाको खबर गरेका थिए । उनले भने- दमौलीदेखि गाडी उहाँले चलाउनुभएको थियो ।

दमौलीमा केहीबेर रोकिएपछि घिमिरेले चालक राईलाई भनेका थिए-तिमी थाकेका छौ, केबलकारसम्म म चलाउँछु, अनि तिमी चलाउनू । तर, केबलकार अर्थात कुरिनटार नपुग्दै गाडी त्रिशुलीमा खस्यो ।

घिमिरेको भनाइ सम्झिँदै चालक राईले भने- केबलकार चढ्ने ठाउँ आउन एक/दुई किलोमिटर छ भने जस्तो लाग्छ, त्यसपछि गाडी कसरी उछिटिएर गयो केही पनि थाहा पाइँन ।