रेविज रोग सम्बन्धि सचेतना विद्यालय तहमा आवश्यक (तस्वीरसहित)

करुणा देवकोटा
चितवन, असोज ०९ । अन्तराष्ट्रिय रेविज विरुद्धको दिवस २०१६ को अवसरमा रोट्रयाक क्लब अफ नारायणगढले रेविज सम्बन्धी सचेतना कार्यक्रमको आयोजना गरेको छ । विद्यालय स्तरमा रेविज रोगको बारेमा जानकारी गराउन कार्यक्रमको आयोजना गरिएको हो । 14438968_1495969397083528_1615887714_oकार्यक्रममा नारायणी नमुना उच्च माविमा कक्षा ९ मा अध्ययनरत छात्र तथा छात्राहरुलाई रेविज रोगको बारे जानकारी गराइएको छ । रेविज एक प्राण घातक रोग हो । रेविज रोग भाइरस कुकुर, चमेरा, फ्याउरा जस्ता पशुपंक्षीहरुमा पाइने गरिन्छ ।14489531_1495905417089926_52449257_o

यस्ता पशु पक्षिमध्ये कुकुर र मानिसको बीचमा बढी नजिक सम्बन्ध भएको हुनाले कुकुरलाई रेविजको प्रमुख श्रोतका रुपमा हेरिन्छ । रोग लागेपछि उपचार छैन । त्यसैले रोग लाग्नु पूर्व नै रोगका सम्भावित श्रोतका रुपमा रहेका पशुलाई खोप लगाउन अत्यन्तै आवश्यक छ । सो अवसरमा भेटेरिनरी विद्यार्थी तथा रोक्ट्याक क्लब आफ नारायणगढकी सदस्य अनिता सापकोटाले रेविज रोग र यसको निवारणको विषयमा जानकारी गराएकी थिइन् ।14424114_1495905513756583_751789459_o

अन्तराष्ट्रिय भेटेरिनरी विद्यार्थी संगठन आई.भि.एस.ए रामपुर र जिल्ला पशु सेवा कार्यालय चितवनको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको थियो । सो अवसरमा विद्यार्थीहरुलाई प्रशिक्ष्ँण दिंदै सापकोटाले रेविज रोग ग्रसित जनावरबाट मानिसमा सर्ने प्राण घातक रोग हो । सापकोटाका अनुसार रेविज रोगका कारण नेपालमा वार्षिक रुपमा सय भन्दा बढीको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर ५९ हजार मानिसको रेविजको कारणले मृत्यु भएको छ ।14489054_1495905407089927_178489109_o

बालबालिकाहरुमा सचेतना जगाउन सकियो भने बढि प्रभावकारी हुने भएकाले यस्ता कार्यक्रमहरु विद्यालय स्तरमा आयोजना गरिनुपर्ने भेटेनिरी विद्यार्थी रञ्जिता बास्तोलाले बताएकी छन् । विद्यार्थीहरुलाई सिकाउन सकियो भने अन्यलाई पनि सिकाउन सजिलो हुने आई.भि.एस.ए रामपुरकी उपाध्यक्ष्ँ विनिता पौडेलले बताएकी छन् ।

रोट्रयाक क्लब अफ नारायणगढले आई.भि.एस.ए रामपुर र जिल्ला पशु सेवा कार्यालय चितवनसंगको सहकार्यमा सेप्टेम्बर १८ तारिखमा दिन फुर्तिचोकमा रेविज विरुद्धको खोप दिने कार्यक्रमको आयोजना गर्दै छ । कार्यक्रम रोट्रयाक क्लब अफ नारायणगढकी अध्यक्ष्ँ इसा प्रधानको अध्यँक्ष्ँतामा सम्पन्न भएको हो ।14438922_1495905490423252_1919711552_o

सोही अवसरमा हार्ट तथा जिल्ला पशु सेवा कार्यालय चितवनसंगको सहकार्यमा आई.भि.एस.ए रामपुरले पनि सचेतना कार्यक्रम सञ्चालन गरेको छ । नारायणी नमुना उच्च माविमा कक्ष्ाँ १० मा अध्ययनरत विद्यँर्थीहरुको रेविज सम्बन्धी सचेतना कार्यक्रम आई.भि.एस.ए रामपुरले आयोजना गरेको हो ।

सो अवसरमा अन्तराष्ट्रिय भेटेरिनरी विद्यार्थी संगठन रामपुरका सदस्य तथा भेटेरिनरी अध्ययनरत विद्यार्थी अमृत पाण्डे सहजिकरण गरेका थिए । यस्तै, अन्तराष्ट्रिय भेटेरिनरी विद्यार्थी संगठन रामपुरले शनिवार मात्रै पश्चिम चितवनको पार्वतिपुर र फुलवारीमा ५० भन्दा बढि कुकुर तथा बिरालाहरुलाई रेविज विरुद्धको खोप दिएको छ ।

यसैगरी, सेप्टेम्बर १८ तारिख अर्थात विश्व रेविज विरुद्धको दिवसको अवसरमा सौराहमा समेत रेविज विरुद्धको खोप लगाउने कार्यक्रमको आयोजना गरिंदै छ ।