नविन अटोले ल्यायो सिग्नस रे जेडआर स्कूटी (तस्वीर र भिडियोसहित)

 

चितवन, असोज ९ । नविन अटो सेन्टर नारायणगढले नयाँ स्कूटर सिग्नस रे जेड आर सार्वजनिक गरेको छ । 14466339_547847225401203_1617862331_oचितवनका लागि यामाहा मोटरसाईकल तथा स्कूटरको आधिकारिक विक्रेता रहेको सेन्छरले चितवनका ग्राहकवर्गहरुको चाहानालई मध्येनजर गर्दै उक्त नयाँ स्कृटर सार्वजनि गरेको हो ।

 

लायन्सचोकस्थित आफ्नै शोरुमा आज नयाँ स्कूटर सार्वजनिक गरेको हो । सो स्कूटरको मिस नेपाल २०१६ चितवनकी चेली अस्मि श्रेष्ठले सार्वजनिक गरिन् ।14466209_547847228734536_488515329_o

स्कूटर सेग्मेन्टमा यामाहाको नयाँ उत्पादन चीरपरिचित ‘रे’ प्लेटफर्ममै भए पनि विल्कुलै स्पोर्टी लुक्समा रहेको छ । यस स्कूटरमा पुरुषलाई पुग्ने ‘लेग स्पेस’, ठूलो ‘अन्डरसिट स्टोरेज’ ९२१ लिटर० र बाक्लो कुशन यसको राम्रो विशेषता रहेको छ । आकर्षक डिजाईनको यस स्कूटरको माईलेज ६६ किलोमिटर प्रति लिटर रहेको नविन अटोका प्रबन्ध निर्देशक कपिसागर कर्मचार्यले जानकारी दिए । रे जेडआरमा एअर ४ स्ट्रोक, एसओएचसी, सीभीटी जडित ११३ ‘ब्लु कोर’ इन्जिन जडान गरिएको छ ।

14456926_547847255401200_176533510_o
“स्कूटर सबैभन्दा तिव्रगतिमा वृद्धि भईरहेको अवस्थामा हाम्रो सेल्समा स्कूटरको ४५ प्रतिशत योगदान रहेको छ, आउँदो वर्षमा हामीले ३५ देखि ४० प्रतिशत बजार हिस्सा ओट्ने लक्ष्य लिएका छौं”–नविन अटो सेन्टरकी प्रोपाईटर सुनिता कर्माचार्यले भनिन् ।