कालिका फुट्सलमा रेडियो र टिभि महिला पत्रकारको जित

चितवन, ०९ असोज । कालिका एफ.एम तथा टिभि कालिकाको वार्षिका उत्सवको अवसरमा आयोजना गरेको अन्तर महिला फुटसल प्रतियोगितामा आज भएको पहिलो चरणका खेलमा रेडियो पत्रकार र टिभि पत्रकार महिलाले विजयी सुरुवात गरेका छन् । रेडियो महिला पत्रकारले महिला चालकलाई १/० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।

foottsal
रेडियोका लागि क्याप्टेन सबिना गौतमले दोस्रो हाफमा गोल गर्दै टिमलाई जित दिलाएका हुन् । यस्तै, अर्को खेलमा टिभि पत्रकारले लेडिज जेसीजलाई ४/१ गोल अन्तरले पराजित गरेको हो । टिभिको जितका लागि क्याप्टेन पुनम गौतमले २, दिलु नेपालले १ र ज्योति अधिकारिले १ गोल गरे । लेडिज जेसीजका लागि भने शोभा गौतमले एक मात्र गोल गरे ।

प्रतियोगिताको क्वाटरफाईनल चरणका खेलहरु आज दिउसो १ बजेबाट सुरु हुने कालिका एफ।एमले जनाएको छ । क्वाटरफाइलनका खेलमा नेपाल प्रहरी र गैडाकोट महिला फुटबल क्लब बिच भिडन्त हुनेछ ।

अन्तर पार्टी महिला संजाल र रेडियो महिला पत्रकार आपसमा भिड्दा टिभि पत्रकार र महाकालेश्वर आमा समूह बिच खेल हुनेछ । अन्तिम टिममा मञ्जुश्री असाह्य संरक्षण केन्द्र र लायन्स क्लब अफ भरतपुर चौतारी बिच खेल हुनेछ ।

यसअघिका वर्षहरुमा कालिका एफ।एमले स्लो स्कुटी रेस र फुटबल प्रतियोगिताको आयोजना गर्दै यस वर्ष फुट्सल प्रतियोगिताको आयोजना गरिएको हो । यसप्रकारको प्रतियोगिताले महिलाहरुको क्षमता विकासमा टेवा पुग्ने एफ।एमले विश्वास लिएको छ ।

देवघाटमा रहेका वृद्धवृद्धालाई सम्मान गरी वार्षिक उत्सवको अवसरमा आयोजना गरीने कार्यक्रमको सुरुवात गरेको कालिका मिडियाले अपाङ्गता भएका व्यक्तिहरु बिच वक्तृत्वकला प्रतियोगिता र चितवनका उद्यमीहरु अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ । (तस्वीर संगीता भट्टराई)