आफै गाडी चलाउदा पूर्व गृहमन्त्रीको गाडी त्रिशुलीमा खस्यो (हेर्नुहोस् यि ९ तस्वीर)

 

चितवन, ०९ असोज । मुक्तीनाथ दर्शन गरेर फर्कदा पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे चढेको गाडी त्रिशुली नदीमा खसेको खुलेको छ । आफ्नी आमासहित मुक्तिनाथ दर्शन गरेर र्फकदा त्रिशुली नदीमा खसेको उनका चालक बिष्णु राईले बताएका छन् । घटना घटेपछि बाच्न सफल भएपछि उनले आफै आएर प्रहरी खबर गरेपछि घटना प्रहरी थाह पाएको थियो । accident accident-9 accident-7accident-6 accident-4 accident-3 accident-2 accident-1हामी उताबाट आएका थियौं–चालक राईले दमौली केहि रोकेपछि मन्त्रीज्यू तिमी थाकेका छौ, केबलकार सम्म म चलाउछु भन्नु अनि कार उहाले दर्मौली चलाउनुभएको थियो । केबलकार आउन एक दुई किलोमिटर छ भने जस्तो लाग्छ, गाडी कसरी उछिटिएर गयो, थाहा पाईन् । उनले भने । अरु थाहा छैन् ।
(डाईभरसगं पत्रकार विनोद श्रेष्ठले गरेको सम्पादित अंश कुराकानी)
यसैविच पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सवार कार आइतबार साँझ त्रिशुली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ । सरकारका पूर्वमुख्य सचिवसमेत रहेका घिमिरेको अवस्था अज्ञात छ । घटनास्थलबाट प्रहरीले गाडी चालकको भने जिवितै उद्धार गरेको छ ।

मुग्लिनबाट काठमाडौं जाँदै गरेको बा ९ च १५३१ नम्बरको स्कार्पियो कार आइतबार साँझ पाँच बजेतिर घोप्टेभिर भन्ने स्थानबाट करिब तीन सय मिटर तल त्रिशुली नदीमा खसेको थियो ।accident-5

प्रहरीका अनुसार घिमिरे आफैंले गाडी चलाएका थिए ।

घटनास्थलमा घिमिरेकी आमा ८० वर्षीया चैत्यकुमारी घिमिरे, अंगरक्षक रामचन्द्र कार्की र आफन्त नारायणप्रसाद काफ्लेको शव भेटिएको विपत ब्यवस्थापन तालिम केन्द्र कुरीनटारका प्रवक्ता एसपी गणेशबहादुर थापाले जानकारी दिए । उनका अनुसार गाडी चालक बिष्णु राईको भने जीवितै उद्धार गरिएको छ ।

पूर्वमुख्य सचिव घिमिरे, उनका भाइहरु प्रकाश र मोहन वेपत्ता रहेको प्रहरीले जनाएको छ । उनीहरु मुक्तिनाथ दर्शन गरी काठमाडौं फर्किंदै थिए ।

कार पुरै पानीमा डुबेको र खोजीकार्य जारी रहेको चितवन प्रहरी प्रमुख बसन्त कुँवरले जानकारी दिए ।

उद्धारका लागि कुरिनटारस्थित सशस्त्र प्रहरी बलको आपतकालीन टोली परिचालन गरिएको छ ।

खिलराज रेग्मीका पालामा घिमिरे गृहमन्त्री थिए ।